arrow

अनियन्त्रित शैलीमा फैलँदै कोरोना, एकैदिन थपिए ७६ जना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी अनियन्त्रित शैलीमा फैलिइरहेको छ । सोमबार एकैदिन ७६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

जसमा ३४५ पीसीआर परीक्षणबाट ४९ जनामा संक्रमण देखिएको हो । यो परीक्षणको १४ प्रतिशत भन्दा बढी हो । 

त्यस्तै ८०६ एन्टिजेन परीक्षणबाट २७ जना संक्रमित पाइएका हुन् । मात्र १६ जना संक्रमणमुक्त भएका छन् । 

हाल सक्रिय संक्रमित बढेर पीसीआरका मात्रै २२७ जना पुगिसकेका छन् । सोमबार २८ हजार ७०३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोना बढेसँगै नेपालमा पनि ह्वात्तै बढेको छ । सचेतना भने अपनाएको पाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ