ओल्ड ट्राफोर्ड । युरोपा लिग फुटबलमा इङल्याण्डको क्लव म्यानचेष्टर युनाइटेड विजयी भएको छ । म्यानचेष्टरले घरेलु मैदानमा युक्रेनी क्लव जोर्या लुहान्स्कलाई १–० को झिनो अन्तरले हराएको हो ।
खेलको ६९ औं मिनेटमा ज्लाटान इब्राहिमोभिचले गोल गर्दै म्यानचेष्टरलाई विजयी गराए ।
खेलका क्रममा म्यानचेष्टर युनाइटेडका म्यानेजर जोजे मौरिन्हो भने निकै रिसाएका छन् । उनी प्रशिक्षक जिओभानी सेरासंग रिसाएका हुन् ।
खेलाडी पल पोग्बाबारे जिओभानीको रणनीतिक पुस्तकमा गलत सल्लाह राखिएको भन्दै ५३ वर्षीय मौरिन्हो जिओभानीमाथि खनिएका हुन् । खेलका क्रममै उनी गएर जिओभानीलाई थर्काएका थिए ।
म्यानचेष्टर युनाइटेडमा पोग्बाको भूमिका के कस्तो हुनेछ भन्नेबारे जिओभानीले भिडियो रिपोर्ट नै पेश गरेका थिए । तर त्यो रिपोर्ट गलत भएको मौरिन्होको ठम्याइ छ ।
म्यानचेष्टरले निरन्तर युरोपा लिग र इङलिश प्रिमियर लिग खेल्नुपर्दा खेलाडीमा रणनीति परिवर्तन गर्नुपर्ने भन्दै यो शैली नै गलत भएकोसमेत बताएका छन् ।