arrow

बोर्डोलोई फुटबलः थ्रीस्टार र इस्ट बंगाल उपाधिका लागि भिड्दै

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
three-star-club.jpeg
गुवाहाटी । भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपालको थ्रीस्टार क्लबले भारतको इस्ट बंगाल क्लबसंग खेल्दैछ ।
 
थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बंगालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
 
 ६ बर्षअघि प्रतियोगिताको फाइनलमा पुगेर उपाधि जित्न असफल थ्रीस्टारले प्रतियोगिताकै बलियो टोली इस्ट बंगाललाई फाईनलमा प्रतिद्धन्द्धीका रुपमा पाएको हो । 
 
थ्रीस्टारले समुह चरणमा नागाल्याण्डलाई ६–१ ले पराजित गरेको थियो भने सिलोङ लाजोङ र ओयल इन्डियासंग १–१ गोलको बराबरी गरेको थियो । 
 
एक महिनाअघि एएफसी कपको प्लेअफमा छनोट भएको थ्रीस्टारले सेमिफाइनलमा सिक्किम युनाइटेडलाई अतिरिक्त समयको खेलमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । 
 
थ्रीस्टारले विपक्षीको पोष्टमा १२ गोल गरेको छ भने ४ गोल ब्यहोरेको छ । प्रतियोगितामा एक गोल पनि नखाएको इस्ट बंगालले विपक्षीको पोष्टमा १२ गोल गरेको छ । 
 
गुवाहाटीको नेहरु स्टेडियममा अपरान्ह सुरु हुने खेल रोमाञ्चक हुने थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले बताएका छन् । 
 
‘ईस्ट बंगाल प्रतियोगिताको मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट मध्यको एक क्लब हो । थोरै समयको अन्तरको एउटा शसक्त टिमविरुद्ध फाइनल खेल्नु पर्दा खेलाडी थकित छन । तर फाइनल खेल सत्प्रतिशत मेहनतका साथ जित्नका लागि खेल्ने छौ । आशा छ, खेल पक्कै रोमाञ्चक बन्नेछ ।’
 
६ बर्षअघि पनि मेघराज केसीकै प्रशिक्षणमा थ्रीस्टारले प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो ।
 



नयाँ