arrow

ट्रम्प न्यूयोर्कमा, उच्च सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
trumps.JPG

काठमाडौं । दोषी ठहर भएका पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्क पुगेका छन् । उनी पुगेसँगै शहरमा प्रहरी उच्च सतर्कतामा छ । 

सुरक्षा घेरा र गोप्य सेवा एजेन्टहरू ट्रम्प टावर र तल्लो म्यानहट्टनको अदालत बाहिर छरिएर रहेका छन्। ट्रम्पले आज दिउँसो अदालतमा आत्मसमर्पण गर्नेछन्।

२०१६ को चुनावी अभियानमा चुपचाप बस्नको लागि पूर्व पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई रकम भुक्तानी गरेकोमा ट्रम्पलाई अमेरिकाको म्यानहट्टनस्थित ग्रान्ड जुरीले दोषी ठहर गरेको छ । 

७६ वर्षीय ट्रम्पलाई मंगलबार औपचारिक रूपमा २०१६ को चुनावी अभियानको समयमा गोप्य रूपमा पैसा तिरेको आरोप लगाइनेछ।

महाभियोगको क्रममा हिंसात्मक विरोध गर्नेलाई नछोड्ने न्यूयोर्क मेयर एरिक एडम्सले चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ