arrow

फैलावट बढाउँदै कोरोना

कोरोनाको रफ्तार म्याराथन शैलीमा, घरदेखि अस्पतालसम्म बेवास्ता

एकैदिन थपिए ८० संक्रमित, परीक्षणको १४ प्रतिशतमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
nepal-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसबाट मंगलबारमात्रै ८० संक्रमित थपिएका छन् । ४६६ पीसीआर परीक्षणबाट ६४ तथा ६५१ एन्टिजेन परीक्षणबाट १६ जनामा संक्रमण देखिएको हो । 

पीसीआर परीक्षणको १४ प्रतिशतमा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमित २७९ पुगेका छन् । 

मंगलबार १२ जनामात्र संक्रमणमुक्त भएका छन् । ३० हजार २३६ जनाले खोप लगाएका छन् । 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

वीर अस्पतालका एक चिकित्सक भन्छन्, ‘कसैले कसैलाई केही भन्न सक्ने अवस्था छैन । खुलेआम छ । जसले जे गरे पनि भएको छ । तर अमेरिकामा मास्क लगाउन नमानेकै कारण सबैभन्दा बढी कोभिड इन्फेक्टेड भए सबैभन्दा बढीको डेथ भयो ।’

तर अस्पतालमासमेत मास्क अनिवार्य गर्न नसक्नु दुःखद हो । राजनीतिक गतिविधि गर्नेहरु पनि सचेत अपनाइरहेका पाइँदैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ