arrow

चौतीस गम्भीर आरोप लागेपछि सुनुवाइका क्रममा डोनाल्ड ट्रम्प पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
donald-trump1.jpg
तस्बिर – फाइल ।

न्यूयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । म्यानहट अदालतमा बयान दिन न्यूयोर्क पुगेका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

उनीमाथि लागेका ३४ आरोपमाथि सुनवाइको क्रममा उनी पक्राउ परेका हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । 

 बीबीसीका बिबिसीका अनुसार म्यानहटन अदालतमा आत्मसमर्पण गरेका उनले आफूले कुनै अपराध नगरेको जिकिर गरेका छन् । उनी अदालतमा बयान दिनका लागि मंगलवार न्यूयोर्क आएका थिए । 

पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, राष्ट्रपति हुँदा ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेकोदेखि राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोपमा ट्रम्पमाथि छानबिन भइरहेको छ ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ