arrow

जिल्ला शिक्षा अधिकारी रंगेहात पक्राउ

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
tularam bhandari.JPG.jpeg
सिमरा । बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीलाई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाले मंगलबार सिमराको एक होटेलमा बसेर घुस लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरेको हो । 
 
गढीमाई नगरपालिका १६ टाँगिया वस्तीस्थित शान्ति प्राथमिक विद्यालयका शिक्षक भवानी सुवेदीको २०७० सालको अन्तिम चौमासिकको तलब निकासा गर्न सिमराको झापाली होटलमा १० हजार घुस लिँदै गर्दा उनी पक्राउ परेका आयोगको क्षेत्रीय कार्यालयले जनाएको छ ।
 
भण्डारीविरुद्ध थप कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाइएको पनि क्षेत्रीय कार्यालय स्रोतले जनाएको छ । भण्डारी पक्षधरले रिस साँध्न जर्बजस्ती फसाइएको प्रतिक्रिया दिएको छ । आयोगको केन्द्रिय कार्यालय र क्षेत्रीय ब्यूरोहरु पछिल्लो समय सक्रिय भएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ