arrow

शनिबार विश्वकफी दिवस मनाइँदै

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
International-coffee-day-greeting-card.jpeg
काठमाण्डौ । विश्शभरी नै अक्टोबर १ लार्इ विश्वभरी अन्तर्राष्ट्रिय कफी दिवसको रूपमा मनाइने गरिएको छ । नेपालमा पनि शनिबार अन्तराष्टिय कफी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 
 
नेपालमा दिवसको पुर्वसन्ध्यामा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी सम्बन्धी विषयवस्तुहरूमा केन्द्रीत रही हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो ।
 
कफी उत्पादन गर्ने प्रमुख ५ मुलुकहरू ब्राजिल, भियतनाम, इथियोपिया, कम्बोडिया र इन्डोनेसियाको नाम रहेको समुहमा विभाजित भर्इ गरिएको प्रतियोगितामा इथियोपिया समुहबाट निर्मला पौडेल, छिम्कला आचार्य र कृष्ण जिसी प्रथम भएका थिए । 
 
"अन्तर्राष्ट्रिय कफी दिवस मनाउने यो हाम्रो सानो प्रयास हो," बोर्डका निर्देशक दीपक खनालले भन्नु भयो, "नेपालका सबै कफी कृषक, प्रशोधक, कफी उत्पादक संघ, सहकारी, क्याफे हाउस, कफी पारखी र सबै कफी सरोकारवालाहरूलार्इ आ–आफ्नो तर्फबाट अन्तर्राष्ट्रिय कफी दिवस मनाउनको लागि हार्दिक अपिल गर्दछौ ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ