पाँचथर। नेपाल निर्माण ब्यवसायि महासंघका अध्यक्ष शरद कुमार गौचनले मुलक अव आर्थिक क्रान्ति तर्फ होमिने वेला आएको वताएका छन् । पाँचथरको फिदिममा शुक्रबार संघको दशौ साधारण सभा तथा अधिवेशनलाई सम्वोधन गर्दे उनले अव आर्थिक क्रान्तिले मात्रै मुलक समृद्द बन्ने उल्लेख गरे ।
आर्थिक क्रान्तिका लागि अव सरकारले निर्माण ब्यवसायिलाई साथै लिएर अघि नवढेसम्म आर्थिक क्रान्ति सम्भव नहुने गौचनको भनाई छ । आर्थिक राजनितीक दलका नेताहरुको खोक्रो आश्वसानले मात्र आर्थिक क्रान्ति नहुने भन्दै यसका लागि कामै गरेर सुरुवात गर्ने बेला आएको उनले उल्लेख गरे। मुलकलाई समृद्ध बनाएर अघि वढ्न नयाँ शिराबाट काम थाल्नुपर्ने उनले बताए ।
यस्तै कार्यक्रममा वोल्दै महासंघका उपाध्यक्ष तेज कुमार कुरुम्बाङले पाँचथर जिल्लामा धेरै नेताहरु भए पनि नेता अनुसारको विकाशले फड्को मार्न नसकेको प्रति गुनासो गर्दे विकाश निर्माणमा कटिवद्ध भएर लाग्न आग्रह गरे। कार्यक्रममा उपाध्यक्षहरु लक्ष्मण राना,रुद्र शर्मा,क्षेत्रिय उपाध्यक्ष सुरेश सुवेदी लगायत जिल्लाका राजनितीक दल,उद्योगि,ब्यवसायिहरुले मनतब्य ब्यक्त गरेका थिए ।भोलीसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघका जिल्ला सचिव सूर्यप्रकाश वास्कोटाले वताए ।