काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवलाई अघि सारिएको छ । संवैधानिक परिषद्को मंगलबार बसेको बैठकले सिफारिस गर्ने निर्णय गरेको हो ।
सभामुख ओनसरी घर्तीले परिषद्को बैठकले यादवलाई प्रमुख आयुक्तमा सिफरिस गर्ने निर्णय गरेको जानकारी दिइन् । सप्तरी प्रशवनी गाविस बलौनी घर भएका यादव हाल आयोगको कार्यबाहक प्रमुख आयुक्त छन् ।