arrow

बोर्डोलोई ट्रफी फुटबलको उपाधि थ्रीस्टार क्लवलाई

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
three-star-final.jpeg
गुवाहाटी । भारतको गुवाहाटीमा सम्पन्न ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपालको थ्रीस्टार क्लवले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनलमा भारतको इस्ट बंगाल क्लवलाई २–१ ले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो ।
 
थ्रीस्टारका लागि देवेन्द्र तामाङ्ग र विमल घर्तीमगरले एक एक गोल गरे । 
 
सेमिफाइनलमा थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बंगालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।
 
 ६ बर्षअघि प्रतियोगिताको फाइनलमा पुगेर उपाधि जित्न असफल थ्रीस्टारले यसपटक उपाधि जितेर आफूलाई बलियो सावित गरेको छ । 
 
थ्रीस्टारले समुह चरणमा नागाल्याण्डलाई ६–१ ले पराजित गरेको थियो भने सिलोङ लाजोङ र ओयल इन्डियासंग १–१ गोलको बराबरी गरेको थियो । 
 
एक महिनाअघि एएफसी कपको प्लेअफमा छनोट भएको थ्रीस्टारले सेमिफाइनलमा सिक्किम युनाइटेडलाई अतिरिक्त समयको खेलमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । 
 
फाइनल खेल्नुअघि थ्रीस्टारले विपक्षीको पोष्टमा १२ गोल गरेको छ भने ४ गोल ब्यहोरेको थियो । प्रतियोगितामा एक गोल पनि नखाएको इस्ट बंगालले विपक्षीको पोष्टमा १२ गोल गरेको थियो । 
 
तर फाइनलमा थ्रीस्टारले दुई गोल गरेसंगै अब्बल सावित भएको छ । 
 
गुवाहाटीको नेहरु स्टेडियममा भएको फाइनलमा दक्षिण एसियाकै उत्कृष्ट क्लवलाई हराएर थ्रीस्टारले इतिहास रचेको भन्दै मुख्य प्रशिक्षक मेघराज केसीले खुसी व्यक्त गरेका छन् । 
 
६ बर्षअघि पनि मेघराज केसीकै प्रशिक्षणमा थ्रीस्टारले प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो ।



नयाँ