arrow

कोरोनाबाट एक जनाको मृत्यु, पाँच भेन्टिलेटरमा, १०६ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट लामो समयपछि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एक जनाको मृत्यु भएको हो । 

यसअघि गत पुसमा वीर अस्पतालमा एक जनाको ज्यान गएको थियो । कोरोना महामारी ह्वात्तै बढेसँगै संक्रमित थपिने क्रम पनि बढिरहेको छ । 

मंगलबार १०६ संक्रमित थपिएका छन् । जसमा ४७६ पीसीआर परीक्षणबाट ७४ तथा १ हजार ९६० एन्टिजेन परीक्षणबाट ३२ संक्रमित पाइएका हुन् । 

पीसीआर परीक्षणको १५.५५ प्रतिशत संक्रमित पाइएका हुन् । जम्मा ४८ जना संक्रमणमुक्त भएका छन् । 

सरकारले अपेक्षाअनुसार खोप भने वितरण गर्न सकेको छैन । मात्र ४२ हजार ४९७ जनाले खोप लगाएका छन् । 

काठमाडौं उपत्यकामा संक्रमित भएकामध्ये २४ जना संस्थागत आइसोलेसनमा, १३ जना आईसीयूमा तथा ५ जना भेन्टिलेटरमा रहेका छन् । 

पीसीआरका सक्रिय संक्रमितको संख्या ४६९ पुगिसकेको छ । 

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ । 

भारतमा तीव्र रुपमा भाइरस फैलिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ