arrow

शुभेन्दु पाण्डेको विष्फोटक प्रदर्शनले जगदम्बा विजयी

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
everest-premier-league-nepal.jpeg
काठमाडौं । एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा शुभेन्दु पाण्डेको विष्फोटक प्रदर्शनले शक्ति गौचनको जगदम्बा राइनोज विजयी भएको छ । राइनोजले विनोद भण्डारीको सगरमाथा लिजेण्ड्सलाई ८ विकेटले स्तब्ध पारेको हो ।
 
कीर्तिपुर मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको सगरमाथालाई राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाको समेत साथ छ ।
 
यद्यपि उसले हाल सम्म खेलेका पाँच खेल नै गुमाएको छ । उसले एक अंक पनि बटुल्न सकेन । शनिबार कीर्तिपुर मैदानमा मेहबुव आलम चले पनि हार टरेन । उनले अविजित ४७ रन बनाए । यस्तै, शंकर रानाले २७ रन बनाए । सगरमाथाका लागि फवन शर्राफ घातक सिद्ध भए । उनी एक्लैले ३ विकेट चट्काए । 
 
१ सय २८ रनको चुनौती पछ्याएको जगदम्बाले १३ बल बाँकी छँदै जित निकाल्यो । उसका लागि शुभेन्दु पाण्डेले ४ छक्का र ६ चौकाको मद्दतले अविजित ७८ रन बनाए । यस्तै, कप्तान शक्ति गौचनकोे अविजित ३५ रन समेत महत्वपूर्ण रहयो ।
 
मात्र २ विकेट गुमाएर जगदम्बाले सहज जित निकाल्यो । यो जितसंगै जगदम्बाको पाँच खेलबाट ४ अंक भएको छ । लिगमा शतप्रतिशत नतिजा निकालेको पञ्चकन्या तेज फाइनलमा पुगिसकेको छ । यस्तै, कलर्स र विशालबीचको खेलबाट  फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्ने छ ।



नयाँ