arrow

भिरकोमा महोत्सव हुने

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असोज १५ शनिबार
bhirkot.jpeg
स्याङ्जा । नेपालकै कान्छो उद्योग वाणिज्य संघ भिरकोटमा पहिलो महोत्सव हुने भएको छ । भिरको उद्योग वाणिज्य संघले शुक्रवार विजयदशमी तथा शुभ दिपावलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार सम्मेलन मार्फत घोषणा गरेको हो । 
 
पौष १ गते देखि १० गते सम्म संचालन हुने महोत्सवले भिरकोट नगरपालिकालाई देश तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउने उदेश्य राखिएको छ ।  भिरकोट महोत्सवको आधार, कृषि पर्यटनको पुर्वाधार भन्ने नारा सहित आयोजना हुन लागेको प्रथम भिरकोट महोत्सवमा स्थानीय स्तरमा उत्पादन गरिएको कृषि उपजको बजारीकरण, प्यारगलाइडिङ, भिरकोट दरवार, खिलुङ्कालिका मन्दिर लगायतको प्रचार प्रसार गर्ने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको भिरकोट उद्योग वाणिज्य संघका अध्यक्ष हर्कबहादुर गुरुङ्ले जानकारी दिए ।
 
जिल्लाको मध्यभागमा रहेको भिरकोट नगरपालिकामा हुन लागेको महोत्सवले स्याङ्जाको परिचयमा थप टेवा मिल्ने आयोजकले जनाएको छ । नगरपालिका घोषणा भएको एक बर्ष पुरा भए सगै उद्योग वाणिज्य संघले महोत्सव गर्ने भएको छ । पत्रकार सम्मेलन मार्फत घोषणा गर्ने काम मात्रै भएकोले दशै पछि महोत्सवको तयारी तिब्र पार्ने आयोजकले जनाएको छ । भिरकोट नगरपालिका पर्यटन र कृषिका लागि पकेट क्षेत्र मानिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ