arrow

एचएफएनले सुरु गर्‍यो कृषि, उर्जा र पर्यटन विकासका लागि मासिक पत्रिका

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
hospitality.jpeg
काठमाडौँ  ।  चार वर्षदेखि हस्पिटालिटी कन्सल्टेन्सी सम्बन्धी तालिम तथा अन्य विभिन्न कार्य गर्दै आइरहेको हस्पिटालिटी फाउण्डेशन अफ नेपालले आफ्नो चौथौँ वार्षिकोत्सवको अवसरमा कृषि, उर्जा र पर्यटन विकासका लागि भन्दै नेशनल अपलिफ्टमेन्ट मासिक नामक मासिक पत्रिकाको शुभारम्भ गरेको छ ।
 
काठमाडौँमा एक कार्यक्रमबीच उक्त पत्रिकाको शुभारम्भ गरिएको हो । पत्रिकाको विमोचन कृषि विकास मन्त्री गौरीशंकर चौधरीले गरेका थिए । देशमा कृषि, उर्जा तथा पर्यटन क्षेत्रको विकासका लागि यस संस्थाले सुरुवात गरेको यस कार्यलाई सबैले साथ र सहयोग प्रदान गर्नुपर्ने बताउँदै मन्त्री चौधरीले पत्रिकाले समाज परिवर्तनमा राम्रो भूमिका खेलोस भन्दै शुभकामना दिए ।
 
कार्यक्रमको बारेमा बोल्दै हस्पिटालिटी फाउण्डेशनका अध्यक्ष महेश राज ढकालले भने, “ आज यस संस्थाको चौँथो वार्षिकोत्सवको उपलक्ष्यमा हामीले अर्को नयाँ प्रयास गरेका छौँ । होटलीय क्षेत्रमा मात्र कार्य गर्दै आएको यस संस्थाले अब देशको कृषि, उर्जा र पर्यटनको विकासका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेशनल अपलिफ्टमेन्ट मासिक पत्रिका प्रकाशनमा ल्याएका छौँ ।”
 
पत्रिकाको बारेमा थप बोल्दै उनले भने,“ देशका कृषि, उर्जा र पर्यटनको क्षेत्रलाई विशेष जोड दिँदै आगामी दिनहरूमा यस क्षेत्रभित्र रहेको विकृति तथा विसंगतीलाई चिरफार यस पत्रिकाले गर्नेछ ।” पत्रिकामा कुषि, पर्यटन र उर्जा बाहेकको अन्य विषयलाई प्रथमिकता नदिई आगमी अकंहरु प्रकासित गरिने कार्यक्रमका सयोंजक/सम्पादक एवं दक्षिण एसियाकै सवैभन्दा कान्छो सेफ महेशराज ढकालले प्रतिबद्धता ब्यक्त गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ