arrow

निर्माण व्यवसायी संघ पाँचथरको अध्यक्षमा नेम्बाङ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असोज १५ शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। निर्माण व्यवसायी संघ पाँचथरको दशौं अधिवेशनले बीरेन्द्र नेम्बाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनको वन्द शत्रले नेम्बाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा वल थापा, द्धितिय उपाध्यक्षमा राजेन्द्र प्रसाद रिजाल र त्रितिय उपाध्यक्षमा शशीराज आङदेम्बे निर्बाचित भएका छन् ।
 
 त्यस्तै महासचिवमा सूर्य प्रकाश बाँस्कोटा, नीतिगत उपमहासचिवमा दीपेन योक्पाङदेन, आन्तरिक उपमहासचिवमा पूर्ण आङदेम्बे र कोषाध्यक्षमा दिनानाथ अधिकारी निर्बाचित भए । त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद बाँस्कोटा, डिल्ली कुमार आले, तारा प्रसाद भट्टराई, शंकर थापा, सिरेन राई, प्रेम तुम्बापो, जगत थापा, गोपी नेपाली, शैलेन्द्र कुरुम्बाङ, लोक प्रसाद अधिकारी, नरहरी उप्रेती र बिनोद खनाल निर्बाचित भएका छन् ।
 
महिला सदस्यमा भने देव कुमारी ढुंगाना निर्बाचित भएकी छन् । समितिका सबै पदाधिकारी र सदस्य निर्बिरोध निर्बाचित भएका हुन् ।शुक्रबार देखि सुरु भएको अधिवेशनको निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद कुमार गौचनले उद्घाटन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ