arrow

ईपीएल क्रिकेटको उपाधि भिडन्त शरदको पञ्चकन्या र ज्ञानेन्द्रको कलर्सबीच

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
everest-premier-league-nepal.jpeg
काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधिका भिडन्त पञ्चकन्या तेज र कलर्श एक्स फ्याक्टर्सबीच हुने भएको छ । 
 
राउण्ड रोबिनका आधारमा खेलाइएको लिगमा शतप्रतिशत नतिजा निकाल्दै पञ्चकन्या फाइनलका लागि छनोट हुँदा कलर्सले लिगको अंक तालिकाको दोश्रो स्थान कब्जा गर्दै उपाधि यात्रा तय गरेको हो ।
 
नेपाली राष्ट्रिय टिमका भरपर्दा व्याट्सम्यान शरद भेषावकरको पञ्चकन्या लिगको शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहयो । 
 
नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानी रहेको कलर्सले राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिमलाई पछि पार्यो । पञ्चकन्याले लिगका पाँच खेलमै जित निकाल्यो भने कलर्सले तीन खेल जित्दा एक बराबरी र एक खेल हारेको छ । 
 
यी दुईबीचको फाइनल खेल सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । शनिबार भएको खेल वर्षाका कारण रद्ध भएपछि कलर्सले विशाल वारियर्ससँग अंक बाँडेको हो । विशाल १ अंकले पछि पर्यो । 
 
यसअघि शनिबार भएको खेलमा जगदम्बा राइनोजले सगरमाथा लेजेण्डस्माथि ८ विकेटको जित हात पारेको थियो । सगरमाथा लिगमा अंक विहिन हुँदै प्रतियोगिताबाट बारिँदा अन्य दुई टोली पनि बाहिरिए । ६ टोली सहभागि प्रतियोगिताका सबै टिमलाई राष्ट्रिय टिमका खेलाडीलेनै सम्हालेका थिए । 



नयाँ