arrow

निजि मेडिकल कलेज एशोशिएसनको अध्यक्षमा कनोडिया

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
Doctor_Crime.jpg.jpeg
काठमाडौँ। निजि मेडिकल कलेजहरुको छाता संगठन एशोसिएशन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालको अध्यक्षको जिम्मेवारी डाक्टर सुरेश कनोडियाले पाएका छन्। 
 
डाक्टर भोला रिजालले एशोशिएसनको अध्यक्षबाट राजिनामा दिएपछि उक्त पद डाक्टर कनोडियाले सम्हाल्ने भएका हुन। 
 
डाक्टर रिजालले समय व्यस्तताका कारण एशोशिएसनलाइ समय दिन नसक्ने भएपछि शनिवार राति एशोशिएसनको बैठक राखि अध्यक्षको जिम्मेवारी कनोडियालाई दिएका हुन्। कनोडिया
यस अघि  निबर्तमान  अध्यक्ष का साथै फाऊन्डर अध्यक्ष पनि हुन्। एशोशिएसनले डाक्टर कनोडियाको कायॅकालमा अझ प्रगती गर्ने बिस्वास लिएको छ।
 
डाक्टर रिजालले अध्यक्षको पद डाक्टर सुरेश कनोडियालाई हस्तान्तरण गर्दै  सफल कार्गयकालको शुभकामना दिए। साथै रिजालले यश महान पर्वले सबै नेपालिहरुमा भाईचारा प्रदान गरि आपसि सद्भाव कायम गरोस भन्दै शुभकामना दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ