arrow

म्यानयुलाई ओल्ड ट्राफोडमै पुछारको स्टोकले दियो टक्कर

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
Manchester-United-v-Stoke-City-Premier-League.jpeg
एजेन्सी । घरेलु मैदान ओल्ड ट्राफोडको फाइदा उठाउन नसक्दा म्यानचेस्टर युनाइटेड म्यानयुले स्टोक सिटीसँग बराबरीमा चित्त बुझाउनु परेको छ ।
 
इङ्गलिश प्रिमियर लिगको आइतबार बेलुकी भएको खेलमा म्यानयुले अंक तालिकाको पुछारमा रहेको स्टोक सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता म्यानयुले लियो ।
 
युनाइटेडका लागि खेलको ६९औं मिनेटमा एन्थोनी मार्सेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यद्यपि, युनाइटेडले आफ्नो अग्रतालाई धेरै बेर टिकाउन सकेन । 
 
खेलको ८२औं मिनेटमा स्टोकका लागि जो एलनले गोल गर्दे टोलीलाई खेलमा फर्काए । युनाइटेडले गोल गर्ने थुप्रै  अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो । 
 
खेलको ८९औं मिनेटमा पाउल पोग्वाले गरेको हेड बल क्रस बारमा ठोक्किएपछि युनाइटेडले गोल गर्ने दुर्लभ अवसर गुमायो । बराबरीपछि युनाइटेड अंक तालिकाको छैठौं स्थानमा छ भने स्टोकसिटी भने पुछारबार दोस्रो स्थानमा छ ।
 
Anthony Martial scores the first goal
 
Joe Allen scores
 
Wayne Rooney comes on as a substitute to replace Jesse Lingard
 
Xherdan Shaqiri vies with Daley Blind
 
Mark Hughes with Marcus Rashford and Glen Johnson
 
Paul Pogba misses a chance to score



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ