arrow

पिएसभी र उल्फवर्ग नकआउट चरणमा, माल्मोको पोष्टमा रियालको ८ गोल

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
cristiano_ronaldo.jpg.jpeg
एजेन्सी । नेदरल्याण्ड्सको पिएसभी आइन्दोभेन र जर्मन क्लव उल्फवर्ग च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेका छन् । मंगलबार राति भएको समूह ‘बी’ को खेलमा इङ्गलिश क्लव म्यान्चेस्टर युनाइटेडलाई हराउँदै उल्फवर्ग अन्तिम १६ मा पुगेको हो । समूह ‘बी’कै अर्को खेलमा रुसको सिएसकेए मस्कोलाई २–१ ले हराउँदै नेदरल्याण्ड्सको पिएसभी समेत अन्तिम १६ पुगेको छ । 
 
हारसँगै म्यान्चेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको छ । समूह ‘बी’का सबै ६ खेल सकिँदा १२ अंक जोडेको उल्फवर्गले शीर्ष स्थान ओगट्दा १० अंकको पिएसभी दोस्रो तथा ८ अंकको म्यान्चेस्टर युनाइटेड तेस्रो भयो । समूह ‘ए’ को खेलमा स्पेनिश क्लव रियाल मड्रिडले स्वीडेनको माल्मो एफएफलाई ८–० को फराकिलो अन्तरले हरायो । शानदार जितसंगै रियाल समूह विजेता बन्यो । रियाल मड्रिडलाई जिताउन मूख्य फरवार्ड क्रिश्चियानो रोनाल्डो एक्लैले चार गोल गरे । उत्कृष्ठ चार गोलसँगै रोनाल्डो च्याम्पियन्स लिग फुटबलको समूह चरणमा दोहोरो अङ्क स्कोर गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
 
रोनाल्डोले जारी लिगमा ११ गोल गरेका छन् । समूह ‘ए’ को अर्को खेलमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनले युक्रेनको शख्तर डोनेत्स्कलाई २–० पराजित गरेको छ । यस्तै, समूह ‘सी’मा पोर्चुगिज क्लब बेनिफीकालाई २–१ ले हराउँदै स्पेनिश क्लब  एथ्लेटिको मड्रिड समूह विजेता बनेको छ ।
 
हारेको बेनिफीकाले दोस्रो स्थान स्थानमा चित्त बुझायो । समूह ‘सी’कै खेलमा टर्कीश क्लब गालातासारेले काजखस्तानको एफसी एस्टानासँग १–१ गोलको बराबरी खेल्यो । समूह ‘डी’ को खेलमा इङ्गलिश क्लब म्यान्चेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनलाई ४–२ ले हराउँदै शीर्ष स्थानमा कब्जा जमायो ।
 
स्पेनिश क्लब सेभियासँग १–० को हार ब्यहोरेपनि इटालियन क्लब युभेन्टस दोस्रो भयो । यस्तै, च्याम्पियन्स लिग फुटबलमा बुधबार समूह चरणका बाँकी ८ खेल हुँदै छन् । यो सिजन प्रतिष्ठीत फुटबल प्रतियोगिताहरुमा शीर्ष क्लबहरु पछारिने क्रमले लिग रोमाञ्चक भइरहेका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ