arrow

कमल थापालाई दशैंले भ्याइ नभ्याई !

मलेसियाको कष्ट विर्सँदै, खसीको मोल थाप्दै..........

logo
राजन परियार,
प्रकाशित २०७३ असोज १६ आइतबार
sindhili-bhoka-new.jpeg
सिन्धुली । हिन्दु नेपालीहरुको महान चाड विजयादशमी नजिकिँदै गर्दा सिन्धुलीका हाट–बजारमा मालसामान किन्नेको घुइँचो लाग्नुको साथै व्यापारीको आम्दानीमा दोब्बरले वृद्धि भएको छ ।  
 
विगत एक वर्ष देखि खसी पालन गर्दै आएका सिन्धुली स्वल्पाठानाका कमल थापा दशैँ लागेसँगै आफ्नो आम्दानी वृद्धि भएको बताउँछन् । 
 
२०७२ कात्तिक देखि दुई लाख बढी लगानी गरेर करिब ५० भन्दा माथीको संख्यामा शुरुगरेको खसी पालन व्यवसायबाट हाल सबै विक्रि गरिसक्दा करिब पाँच लाख पचास हजार बढी आम्दानी गरेको बताए ।
 
दसैँको आगमनसँगै वुधबार घुर्मी र शनिवार सिन्धुलीमाढी बजारमा विक्रि गर्न ल्याउदा दुई पटकमा आफुसँग भएको सबै विक्रि भैसकेको भन्दै थापा खुसीले गदगद थिए । एउटा खसीबाट पाँच हजार देखि नौ हजारसम्म फाइदा भएको उनले बताए । 
 
दुई वर्ष अगाडि वैदेशिक रोजगारको शिलसिलामा मलेसिया जाँदा धेरै कष्ट भोग्नु परेको दुखेसो पोख्दै मिहिनेत गरे स्वदेशमै दोब्बर आम्दानी गर्न सकिने उनको भनाई थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ