arrow

एफएनसीसीआईलाई आश्वासन

देउवा पनि अख्तियारको दायरामा निजी क्षेत्रलाई ल्याइनु हुन्न भने पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
deuba-fncci-2080.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रसमेत हेर्ने गरी कानूनी व्यवस्था हुन नहुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा पूर्वप्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने  विधेयक पारित हुन नहुने बताएका हुन् । 

यसबाट स्वदेशी एवं विदेशी लगानी निरुत्साहित हुने पनि पूर्व प्रधानमन्त्री देउवाको भनाई थियो । 

राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रलाईसमेत समेट्ने व्यवस्था भएकाले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका थिए । 

अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिनेतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका थिए । 
 
संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न मिल्दैन । यसबारे महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका साथै रक्षा एवं कानून मन्त्री पूर्णबहादुर खड्काको पनि ध्यानाकर्षण गराइसकेको छ । 

यसअघिको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने हुँदा उक्त व्यवस्था हटाउने प्रतिवद्धता जनाएका थिए । 

यसैगरी पूर्व प्रधानमन्त्री ओलीले उक्त व्यवस्थाले निजी क्षेत्रलाई निरुत्साहित गर्ने र अर्को एउटा संयन्त्र निर्माण हुने बताउँदै उक्त व्यवस्था पारित हुन नहुने बताएका थिए । 

यसै विषयमा बिहीबार कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरुले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारमा ल्याएर अर्थतन्त्र थप जोखिममा पार्न नहुने धारणा राखेका थिए । 

यसैगरी पूर्व प्रधानमन्त्री देउवासँगको भेटमा बैंकिग प्रणालीमा करिब दुई खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह नभइरहेको अवस्थामा ब्याजदर कम गर्न तत्काल नीतिगत उपाय अवलम्बन गर्नुेपर्नेतर्पm अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । 

साथै बजार अझै चलायमान नभैसकेको अवस्थामा ऋणको पुनःसंरचना एवं पुनर्तालिकीकरण पनि आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड थियो । 

ऋणको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको छ । बैंकहरुको खराब कर्जा अनुपात पनि ४ प्रतिशत हाराहारी पुगिसकेको छ । असार मसान्तमा यो बढ्ने सम्भावना भएको हुँदा कर्जाको पुनःसंरचना एवं पुनःतालिकीकरण आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो । 

भेटमा पूर्व प्रधानमन्त्री देउवाले आप्mनो पार्टी उदारवादी अर्थतन्त्रमा विश्वास गर्ने हुँदा निजी क्षेत्रका समस्या सम्बोधन गर्न प्रयास गर्ने बताए ।  

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकालसहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ