arrow

कीर्तिपुर प्राकृतिक मैदान, नेपाली क्रिकेट प्रगतिउन्मुख : भारतीय पूर्वक्रिकेटर जडेजा

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
jadeja.jpeg
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताएका छन् ।  
 
‘जोहरा स्पोट्स म्यानेजमेन्ट’को आयोजनामा आयोजित अन्तक्र्रिया कार्यक्रममा जडेजाले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको स्मरण गर्दै भने, ‘उनीहरु (नेपाली क्रिकेट टोली)ले गरेको त्यो ठूलो उपलब्धि हो र यसले नेपाली क्रिकेट अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखाउँछ ।’
 
कीर्तिपुर क्रिकेट मैदानको प्रशंसा गर्दै उनले भने, ‘नेपालमा यति राम्रो प्राकृतिक मैदान रहेछ, त्यसैले कृत्रिम रङ्गशाला बनाउन हतारो नगर्दा हुन्छ ।’ जडेजाले क्रिकेट रङ्गशालामा मन डुलाउनुभन्दा गुणस्तरीय ब्याट, बललगायत क्रिकेट सामग्री जोड्नमा ध्यान दिन नेपाली क्रिकेटकर्मीलाई आग्रह गरे । 
 
पूर्वकप्तान जडेजा जारी एभरेष्ट प्रिमियर लिग ईपीएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार हुने फाइनल खेलका लागि प्रमुख आतिथि बन्नशनिबार काठमाडौँ आएका हुन् । जडेजाले शनिबार नै कीर्तिपुर क्रिकेट मैदानको भ्रमण गरेका थिए ।  
 
प्रतियोगिताको फाइनलमा सोमबार राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली कलर्स एक्स फ्याक्टर्स र नेपाली क्रिकेट टोलीका व्याट्सम्यान शरद भेषावकरको पञ्चकन्या तेजबीच उपाधिका लागि भिडन्त हुँदैछ । 



नयाँ