arrow

म्यान्चेस्टर सिटीको अपराजित यात्रा भङ्ग, टोटनह्याम २–० ले विजयी

टोटनह्याम अपराजित

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
mancity-loss-fst.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिगको नयाँ सिजनमा अग्रता लिएको म्यान्चेस्टर सिटीको अपराजित यात्रा भङ्ग भएको छ । टोटनह्याम हट्स्परको घरेलु मैदान ह्वाइट हर्टमा आइतबार साँझ भएको खेलमा म्यान्सिटी २–०ले पराजित भएको हो ।  
 
खेलको ९औं मिनेटमै म्यान्सिटीका अलेक्सान्दर कोलारोभले आत्मघाति गोल उपहार दिएपछि टोटनह्यामले अग्रता लियो । सोही हौसलाले टोटनह्याम घरेलु मैदानमा सम्हालियो । 
 
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ अघि ३७औं मिनेटमा डेल अलीले एक गोल गर्दै अग्रता दोब्बर पारे । टोटनह्यामले अग्रता दोब्बर पारेपछि आक्रामक बनेको म्यान्सिटीले थुप्रै अवसर खेर फाल्यो । पछि दुवै टोलीबाट गोल हुन सकेन ।
 
६५औं मिनेटमा इरिक लामेलाले गरेको पेनाल्टी खेर गयो । लिगको छैटौं चरण सम्म शतप्रतिशत नतिजा निकालेको म्यान्सिटीलाई यो हारले ठूलो घाटा लागेको छ । 
 
यो हारले हाल सम्म अपराजित रहेको टोटनह्यामलाई फाइदा पुगेको छ । यो जितसंगै टोटनह्यामले शीर्ष स्थानको म्यान्सिटीसंगको अंक दुरीमा मात्र एक अंक अन्तर राखेको छ । गोल अन्तरका आधारले भने म्यान्सिटीनै अघि छ । 
 
टोटनह्यामले हाल सम्म खेलेका ७ खेलमा पाँचमा जित र २ बराबरी गरेको छ । अपराजित उसको १७ अंक हुँदा समान खेलमा एक खेल मात्र गुमाएको म्यान्सिटीको १८ अंक छ । तेस्रो स्थानमा रहेको लिभरपुलको १६ अंक छ । 
 
Sergio Aguero in action for Man City on September 14, 2016
 
Manchester City manager Pep Guardiola gives instructions on August 24, 2016
 
Ilkay Gundogan in action for Manchester City on September 17, 2016
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ