arrow

अबैध भर्ना रोक्न डा केसीको फेरि आग्रह, स्वास्थ्य गम्भीर

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
govinda-kc-gkc.jpg.jpeg
काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानमा अवैध भर्ना प्रक्रिया रोक्न आमरण अनसनरत प्राडा गोविन्द केसीले पुनः आग्रह गरेका छन् । 
 
आइतबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिनलाई पत्र लेख्दै डा केसीले सरकार र आफूसंग भएको सम्झौता अनुसार विभिन्न मेडिकल कलेजहरुमा सिट संख्या र शुल्क निर्धारण हुनुपर्नेमा त्यस प्रतिकुल हुने गरी सिट र शुल्कमा मनपरी गरिएको तथा मेरिटका लागि काउन्सिेलिङ नगर्ने काम भएको जानकारी आएको भन्दै तत्काल भर्ना प्रक्रिया रोक्न आग्रह गरेका छन् । 
 
 
यसैबीच, गत असोज ९ गतेदेखि आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीको अवस्था गम्भीर बनेको छ ।
 
उनको स्वास्थ्यमा दिनानुदिन समस्या थपिदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 
 
उनको शरीरमा अक्सिजनको मात्रा न्यून हुँदै गएको छ । बोल्नसमेत उनलाई कठिन भएको छ । 
 
स्वास्थ्यमन्त्री गगनकुमार थापा भने डा केसीलाई भेट्न गइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ