arrow

निरीह कांग्रेस र एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
congress-uml-flag.jpg

काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीन वटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो  । तीनवटै  निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ । 

चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन् । उनले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रवाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले ५४ हजार १७६ ल्याएर बिजयी भए भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए ।  

न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् । यसैगरी तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुग्यो । उनले त १० हजार मत पनि कटाउन सकेनन । उनी ८ हजार ४ सय ८८ मतमा सिमित भए ।

सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भए भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । बिजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् । 

उता बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।

सो क्षेत्रवाट विजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपबिजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए । 

विजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परेका छन् । 

समग्रमा यो उपनिर्वाचनको तीन क्षेत्रबाट रास्वपालाई एक सिट फाइदा भएको छ । उनको पपुलर भोट बढेको छ । त्यहीँ कांग्रेसले एक सिट नै गुमाएको छ । त्यस्तै कांग्रेसको पपुलर मत पनि घटेको छ । 

दुवै ठूला दल निरीह भएका छन् । दुवै दलको मतसमेत घट्दा भने गम्भीर भएर समीक्षा हुनु जरुरी देखिएको छ । एमाले एक्लै मैदानमा उत्रिएकामा कांग्रेसलाई भने गठबन्धन दलको साथ  थियाे । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ