arrow

एमालेको मिसन ग्रासरुट अभियानबाट संगठनमा झन् क्षति, उपनिर्वाचनमा धक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
kp-oli-mission-grass-root.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मिसन ग्रासरुट अभियान चलाएर संगठन सुदृढीकरणमा लागेको एमालेलाई प्रतिनिधि सभाका उपनिर्वाचनबाट ठूलो धक्का लागेको छ । चितवन र तनहुँ दुवै क्षेत्रमा मत संख्या घटेपछि मिसन ग्रासरुट अभियानबाट एमालेले संगठनमा झन् क्षति पुर्याएको हो कि चलायमान बनाउन नेतृत्वले नसकेको हो भन्ने प्रश्न उठेको छ । 

अहिलेको अवस्थामा  एमालेले आफ्नो पकड एरियामा रहेको स्थायी मतदाता पनि चिढ्याएको देखिएको छ । एमालेले चितवन २ को इच्छाकमानाबाटै उसले मतदातालाई आफ्नो वशमा राख्न नसकेको देखिएपछि परम्परागत गढ भत्किएको स्वतः प्रष्ट भएको थियो ।  

गत वर्ष मंसिरमा ४ को चुनावमा तनहुँ–१, चितवन–२  मा एमालेले प्राप्त गरेको र उपनिर्वाचनको प्राप्त गरेको मतको अन्तर धेरै देखिएको छ । एमालेको पक्षमा ५ महिनाअघि ती क्षेत्रमा देखिएको जनमत अहिले गुमेपछि एमालेका कमी कमजोरीको विषय केन्द्रीय तहबाट प्रश्न उठाउन थालिएको छ । 

तत्कालीन सत्ता गठबन्धनविरुद्ध लडेर ७८ स्थान जितेको एमाले समानुपातिकतर्फ पहिलो दल बनेको थियो । यो उपनिर्वाचिनमा एमालेले कुनै क्षेत्र नगुमाए मत कमजोर बनेपछि कम्युनिष्ट मतदाताले एमालेलाई विश्वास नगरेको हो कि भन्ने सन्देश देशभर पुगेको छ । 

मंसिर ४ को निर्वाचनमा यसअघि कहिल्यै नजितेको स्थानमा पनि एमालेले चुनाव जितेर कीर्तिमान कायम गरेको थियो । तर चितवन २ मा जे देखियो त्यो भने एमालेका लागि प्रत्युत्पादक भयो । 

एमालेले संभावित मध्यावधि वा अब आउने निर्वाचनलाई लक्षित गर्दै सो अभियान शुरु गरेको भए पनि मध्यावधि हुनबाट मुलुक जोगिन हो कि भन्ने पनि देखिएको छ । 

नयाँ दलमा आएको लहरले एमाले र कांग्रेस दुवैलाई झस्काइसकेको छ । लामो समयदेखि सुस्ताइरहेको पार्टीलाई चलायमान गराउनका लागि सो अभियान सञ्चालन गरेको र त्यसले पार्टीलाई झनै मजबुत बनाएको दाबी एमालेले गर्दै आएको एमालेले विगतमा आफ्नो पकड क्षेत्र बनाएका नेताहरुलाई राम्रोसँग परिचालन गर्न सकेको छैन ।  

बारा २, चितवन २ र तनहुँ १ मा एमालेका उम्मेदवारहरु ठूलो मतान्तरका साथ तेस्रो स्थानमा खुम्चे । एमालेले यसपल्ट जित हासिल गर्न नसके पनि मंसिर ४ को मतलाई बढाउने लक्ष्य लिएको थियो । 

तराईमा जसपाकै बलबाट एमालेले शक्ति आर्जन गरेको थियो भने तनहुँमा मंसिर ४ को निर्वाचनमा पनि बलियो उपस्थिति देखाएको थियो तर एमालेमा आफ्ना कार्यकर्ता र वर्षौंदेखि पार्टी निर्माणमा खटिएका नेताहरुलाई उपेक्षा गर्दै पूर्व आइजीपी सर्वेन्द्र खनाललाई पठाएपछि तनहुको पार्टी कमिटी नै निस्कृय जस्तै भएको थियो । 

उता बारामा पुरुषोत्तम पौडेल राम्रो र लोकप्रिय नेता भए पनि उनको क्षेत्र नभएको स्थानमा उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न लगाएर सधैका लागि कमजोर उम्मेदवार सावित गर्न खोजियो । जसले गर्दा एमालेका लागि उपनिर्वाचन निकै धक्कापूर्ण रहेको एमालेकै नेताहरुले बताएका छन् । 

एमालेका पार्टी उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनको परिणामले एमालेलाई कुनै पनि फरक नपर्ने बताए पनि उनको त्यो भनाई एमालकै नेताहरुले रुचाएका छैनन् । 

सामाजिक सञ्जालमा उनको तीव्र विरोध भैरहेको छ । यस्तै खिमलाल भट्टराई एमालेभित्र गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । उनले नेतृत्वमा भएका नेताहरुले रवैया देखाइरहे पार्टीको अवस्था झन् खस्किन बताउँदै सुधार गर्नुपर्ने स्थानको गम्भीर समीक्षा गर्न आग्रह गरेका छन् ।

 ‘पार्टीले गम्भीर समीक्षा गर्नुपर्छ, जिम्मेवारीमा रहेका नेताहरुलाई हतोत्साही गराउने काम राम्रो होइन’, उनले भने । एमालेले स्थानीय तह र मंसिर ४ को निर्वाचन करिब करिब एक्लै लडेको थियो तर पनि त्यति धेरै घाटा भएको थिएन । 

‘स्थानीय निर्वाचनमै एमालेप्रतिको असन्तुष्टिमा केही संकेत देखिएको थियो । आमनिर्वाचन हुँदै उपनिर्वाचनमा आइपुग्दा झनै बढेको छ । हाम्रो अपिलले जनतालाई छुन सकेको देखिएन । यस्तो अवस्था कसरी सिर्जना भयो त्यसलाई कसरी चिर्ने भन्ने विषयमा गम्भीर रुपमा समीक्षा हुनपर्छ’, युवा नेता भट्टराईले भने । 

चितवन–२ र तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस तथा बारा–२ मा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्य प्रतिस्पर्धा विषय बने पनि दोस्रो ठूलो दल नेकपा एमालेको मतमा क्षति भएको पनि उनले स्वीकारे छन् । यसले आगामी दिनमा देशको कम्युनिष्ट पार्टीलाई नै क्षति पुग्ने पनि युवा नेता भट्टराईको दाबी छ । 

हालसम्म परिणाम सार्वजनिक भएका तनहुँ–१ र चितवन–२ मा एमालेका उम्मेदवारले मंसिरमा भएको आमनिर्वाचनमा प्राप्त गरेको मतसमेत जोगाउन सकेको छैन । 

चितवन र तनहुँ दुवैमा एमालेका उम्मेदवारहरु क्रमशः रामप्रसाद न्यौपाने र सर्वेन्द्र खनाल तेस्रो स्थानमा रहे । मंसिरमा भएको आमनिर्वाचनमा बारा–२ मा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको थियो । 

त्यहाँ पनि एमाले तेस्रो भएको छ तर मतान्तर निकै पराकिलो भएको छ ।



नयाँ