arrow

दिल्ली भ्रमणपछि मधेशी नेता तनावमा

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
morchaka neta.jpg.jpeg
काठमाडाै । नेपालमा भइरहेको आन्दोलनको भ्रम चिर्न भन्दै केहीदिन देखि दिल्ली भ्रमणमा रहेका मधेशी मोर्चाका शिर्ष नेताहरु बुधबार (आज) स्वदेश फर्किदै छन् । प्रमुख तिन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीले तिन बुदे साझा धारणा बनाउना साथ दिल्ली गएका मधेशी नेताहरुले तीन दलको साँझा धारणालाई कुन रुपमा हेर्ने भन्ने निधो गरेर आउन लागेका हुन् । 
 
उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा भारत भ्रमणबाट फर्किए लगत्तै चामत्कारिक ढङले बनेको चार बुँदे साझा धारणालाई पनि भारतकै डिजाईनमा बनेको भनिएको छ । त्यही साझा धारणाका बारेमा बुझ्न गएका मधेशी मोर्चाका नेताहरुले अहिले सम्म सकारात्मक जवाफ नदिएपनि दिल्लीमा उनीहरुले भेटेकाहरुले भने नाकाबन्दी प्रति सकारात्मक प्रतिक्रिया दिएका छैनन । भारतका सवै नेताबाट समर्थन पाउने आशा सहित दिल्ली गएका मधेशी मोर्चाका नेताहरुलाई निकै कम नेताले मात्रै कन्जुस्याईपुर्वक समर्थन जनाए भने अधिकांशले असन्तुष्टी जनाएपछि निराश हुदै फर्किनु परेको छ । 
 
उनीहरुलाई अधिकांश नेताहरुले नेपाल भित्रै वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरेका छन् । सरकारले अघि सारेको तीन बुँदे प्रस्तावमा केन्द्रित रहेर छलफल गर्न भारतीय पक्षले सुझाव दिएको छ । सरकारले सीमांकनपछि मिलाउने गरी तीन बुँदे प्रस्ताव अघि सारेको छ भने मोर्चाले सीमांकन पनि अहिले नै टुङ्गो लगाउनुपर्ने अडान राखेको छ । मोर्चाका नेताहरुले काठमाडौं फर्किएपछि सरकारसँग वार्ता गर्ने बताएका छन् । अपेक्षीत समर्थन नपाएपछि तनावका विच उनीहरुले प्रमुख तिन दलसंग
 
थप लचक भएर वार्ता गर्ने मनस्थीति बनाएका छन् । नाकाबन्दीबाट जनताले सास्ती पाएको धेरै समय भइसक्दा समेत राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन नभएपछि उनीहरु सेफल्याण्डीङको खोजीमा रहेको पाइएको छ । भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका थिए । 
 
मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत चार बुँदे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाब दिएका छन् । नागरिकता, समानुपातिक प्रतिनिधत्वलगायतका मोर्चाका विषयमा भारत सरकारको सहानुभूति रहेको, तर नेपालमा उत्पन्न मानवीय संकटको अवस्थालाई मोर्चाले पनि मध्यनजर गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
 
विदेशमन्त्री सुष्मा स्वराजले आइतबार राति मोर्चाका शीर्ष नेतालाई हैदरावाद हाउसमा दिएको डिनरमा चार बुँदे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन् । विदेशसचिव जयशंकर र सुरक्षा सल्लाहकार डोभालले पनि त्यही सन्देश मधेसी नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवलाई सुनाएका हुन् ।
 
भारतीय नेताहरुको दवाव पछि मधेशी नेताहरुलाई नाकाबन्दी खोल्नु पर्ने वाध्यता परेपनि माग पूरा नभई नाका खोल्दा भविष्यमा कहिल्यै आन्दोलन उठ्न नसक्ने हो कि भन्ने चिन्तामा उनीहरु परेका छन् । पूर्वभारतीय जर्नेल अशोक मेहता, पूर्वराजदूतहरू जयन्त प्रसाद, राकेश सुद, शिवशंकर मुखर्जीलगायत चार दर्जन विज्ञ सहभागी अन्तरक्रियामा तपाईहरु सत्तामा भएको बेला के गर्नु भयो भनी सोधिएको प्रश्नमा नाजवाफ हुनु परेपछि उनीहरु थप तनावमा परेका हुन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ