arrow

३२ जनालाई पछि पार्दै शिरिषले गरे खुल्ला पौडीको उपाधि रक्षा

अमेरिकी र बेलायती नागरिकलाई समेत पछारे

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
sirish-g-naw.jpeg
काठमाडौं । ओलम्पियन शिरिष गुरुङ्गले छैटौं खुल्ला पौडी प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । ३२ प्रतिस्पर्धीलाई पछाडी पार्दै नेपाली सेनाका गुरुङ्गले २.५ किमिको दरी २६ मिनेट ०७ : १३ सेकेण्डमा पुरा गरे । 
 
उनी पाँचौं खुला पौडी प्रतियोगिताको विजेता समेत हुन् । उनले जितसँगै २५ हजार, मेडल र प्रमाण पत्र पाए । कास्की जिल्ला पौडी संघ र कास्की जिल्ला खेलकुद विकास समितिले नेपाल पौडी संघको सहयोगमा गरेको प्रतियोगिताको दोश्रो स्थानमा सशस्त्र प्रहरी बल एपीएफका देवेश मान्धर रहे । उनले उक्त दुरी २७ मिनेट ७ : ३८ सेकेण्डमा पार गरेका थिए । सेनाकै रुद्र कटवाल २८ मिनेट ०७ :०६ सेकेण्डका साथ तेश्रो भए ।
 
दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः १५ र १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । वाराही मन्दिरस्थित वोटिङ्ग प्वाईन्टबाट सुरु भई लिटिल गार्डेनमा गएर समाप्त भएको प्रतियोगितामा स्थानीयतर्फ धनमान गुरुङ्ग ३३ मिनट ५.८८ सेकेन्डका साथ प्रथम भए । दोश्रो स्थानमा राम कुमार मिथुन ३४ मिनट ६.८८ सेकेन्डका साथ दोश्रो र अर्जून नेपाली ३६ मिनट २३.४१ सेकेन्डका साथ तेश्रो भए ।
 
पोखराका स्थनियलाई पौडी प्रति आकर्षण गर्ने उद्धेश्यले स्थानियहरुको लागि छुट्टै पुरस्कार राशिको व्यवस्था गरिएको थियो । उनीहरुले १० हजार, ६ हजार र ४ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।
 
सहभागी ३२ प्रतियोगी मध्ये अमेरिकी नागरिक इयुटिएन डिस्टोर ग्रेसेस, वेलायती नागरिक स्टेभेन ह्वाइटलकको समेत सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि एक मात्र महिला खेलाडी कास्कीकी रुवी तामाङ्गलाई कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले प्रोत्साहन स्वरुप ५ हजार प्रदान गरे ।
 
यो प्रतियोगितासंगै पोखरामा २ वर्ष देखि स्थगित साढे २ किलोमिटरको खुल्ला पौडी प्रतियोगिताले यस पटक पुनः निरन्तरता पाएको छ ।



नयाँ