काठमाडौं । आसिफ सेखको सतकीय पारीले एभरेष्ट प्रिमियर लिग ईपीएलको फाइनल सनसनीपूर्ण भएको छ । आसिफो विष्फोटक प्रदर्शनले पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई १ सय ७२ रनको कडा चुनौती दिएको छ ।
आसिफले अविजित १ सय ११ रनको योगदान गरे । जम्मा ६४ बल सामना गरेका आसिफले ८ छक्का र ७ चौका प्रहार गरे । आसिफको यो सतक जारी प्रतियोगिताकै पहिलो सतक हो ।
टस जितेर व्याटिङ रोजेको पञ्चकन्याले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल तयार पारेको हो ।
पञ्चकन्याले कप्तान शरद भेषावकरलाई सस्तैमा गुमायो । भेषावकर २ रनमै पवेलियन फर्किएपछि पञ्चकन्या संकटमा पर्यो। तर संकटलाई आसिफले सम्हादै खेललाई गतिमा फर्काए । यस्तै, आरिफ सेखले २३ रन जोड्दा सोनु तामाङले पनि अविजित १० रन जोडे ।
कलर्सका लागि अमर रौतेलाको बलिङ निकै खर्चिलो रह्यो । २ ओभर बलिङ गरेका अमरले ४० रन खर्चेर १ विकेट लिए । यस्तै अविनाश कर्ण, संगम रेग्मी र योगेन्द्र सिंह कार्कीले समान एक(एक विकेट लिए । कलर्सले केहीबेरमा जवाफी व्याटिङ थाल्दैछ ।