arrow

हाइभोल्टेजले दुईको मृत्यु, १५ घाइते

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
Makawanpur.jpg.jpeg
काठमाडौं । मकवानपुरको हाँडिखोला गाविसमा नयाँ जडान गरिएको विद्युत ट्रान्समिटरमा हाइभोल्टेज हुँदा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा हाडिखोला  ३ र ४ मा एकएक जना गरी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हाँडीखोला ४ की शर्मिलाडिम्डुङ र ७० वर्षीया ठूलीमाया मुक्तान रहेका छन्। १५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि हेटौडा अस्पतालमा लगिएको छ।

स्थानीयबासिन्दाले विद्युत प्राधिकरणका कर्मचारीको लापरबाहीका कारण उक्त दुर्घटना भएको आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ