arrow

मेरो दशैं - सेलरोटी खाएर दशैं मनाउँछु : सुदिप आचार्य

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
sudip-acharya-dish-home.jpeg
काठमाडौं। नेपालीहरूको महान पर्व बडा दशैं हरेक नेपालीको घरघरमा खुसी लिएर आएको छ। खुसी व्यक्ति अनुसार हुने गर्छ। कसैलाई दशैंमा खानपिनमा रमाउँदाखुसी हुन्छ। सबैलाई खेल्न मनपर्छ। मांसाहारीलाई दशैं भन्ने वित्तिकै मासुकै याद आउँछ। शाहाकारीको दशैं सात्विक हुनेगर्छ। नेपालीहरुले सांस्कृतिक रुपमा सदियौंदेखि मनाउँदै आएको दशैंको उल्लास भने सबै तह र तप्कामा छ। यहि उल्लासको बीचमा हाम्राकुरा डटकमले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग दशैंको बारेमा रमाइलो कुराकानी गरेको छ। डिसहोमका सुदीप आचार्यले आफ्नो दशैको बारेमा हाम्राकुरा डटकमसँग यसरी कुरा साँटे। 
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः दशैं नेपालमा नै मनाउने गरेको छु । अहिलेसम्म विदेशमा दशैं मनाउने नगरेकोले पनि दशैं विदेशमा कस्तो हुन्छ भन्ने अनुभव छैन । तर मेरो सोचाईमा नेपालमा जस्तो रमाईलो विदेशमा पक्कै पनि हुँदैन । 
 
प्रश्नः दशैमा रमाइलोको लागि के गर्नुहुन्छ ?
जवाफः रमाइलोका लागि विभिन्न उपायहरु छन्। तर पारिवारिक जमघट हुने हुँदा पारिवारिक वातावरणमा तास खेलिन्छ । परिवारका सदस्यहरुका बीचमा फरास खेलिन्छ । तर परिवारभन्दा बाहिर गएर खेलिँदैन । सरकारले प्रतिवन्ध लगाएको सार्वजनिक स्थानमा गएर तास खेल्ने पनि गरिएको छैन । रमाईलोको लागि मात्रै खेल्ने हो । तर, खेल्दाखेरी हार्ने भने गरेको छैन । सधैंभरी आफैंले जित्ने गरेको छु । 
 
प्रश्नः दशैंमा माछा मासु कत्तिको खानुहुन्छ ?  
जवाफः दशैंमा मात्र होइन दशैं भन्दा बाहेक पनि खान्न म मासु खान्न । म भेजिटेरियन हुँ । हाम्रो घरमा मासुको सट्टा सेलरोटी पाक्छ । यसको साथमा अन्य परिकार पनि पकाईन्छ । त्यही खाएर दशैं मनाईन्छ । 
 
प्रश्नः दशैको टीका लगाउँदा दक्षिणा क कस्लाई दिनुहुन्छ, को–को बाट लिनुहुन्छ ?   
जवाफः टीका लगाउन ससुराली पनि गईन्छ । त्यताबाट हो दक्षिणा आउने । घरमा नै पनि कत्तिले दक्षिणा दिनुपर्नेहरू छन् । दक्षिणा लेनदेनमा सबै हिसाव गर्दा अलिअलि घाटा नै हुन्छ (हास्दै...)। अलिअलि घाटा हुने भएपनि तास खेलेर उठाईन्छ नि अलिअलि त (हास्दै...)।  
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ ?
जवाफः नयाँ लुगा किन्नको लागि दशैं नै कुर्नुपर्छ भन्ने त छैन । आवश्यक परेको खण्डमा अरू बेलामा पनि कपडा किनिने भएकोले दशैं स्पेसल त केही छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ