arrow

अमेरिकामा रोमान्टिक भेटिए दिलिप(भिडियो)

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
dilip.JPG.jpeg
काठमाडौं । परिवारसहित अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले त्यता पनि अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  गायक मुरारी भट्टराईको एल्बम ‘अनामिका’मा समावेश ‘कहिले काँही’बोलको म्यूजिक भिडियोमा उनले अभिनय गरेका हुन् । गीतमा गायिका जुनु रिजालको पनि स्वर रहेको छ । भिडियो निर्देशन र छाायंकन निर्देशक सुरेशदर्पण पोखरेलले गरेका छन् । भिडियोमा अभिनेता रायमाझीसँग मोडल निला शाही फिचरिङ छिन् । भिडियोमा उनीहरुको लोभलाग्दो नृत्य र रोमान्स देख्न सकिन्छ । 

‘सम्भवत ः अमेरिकाको क्यलिफोर्नियाका रोमाञ्चक दृश्यहरुलाई समेटेर बनेको यो पहिलो नेपाली म्यूजिक भिडियो हो’, निर्देशक पोखरेलले भने, ‘भिडियोलाई अधिकांश हलिउड फिल्महरुको छायांकन हुने गोल्डेन गेट बृजमा पनि खिचिएको छ ।’ उनले भनेजस्तै भिडियोमा अमेरिकास्थित क्यालिफोर्नियाका मनमोहक दृश्य देख्न सकिन्छ । 

विकास चौधरीको संगीत रहेको यस गीतलाई चिरञ्जीवी कोइरालाले लेखेका हुन् । ‘अनामिका’ गायक भट्टराईको डेब्यू एल्बम हो । ‘विदेशमा रहेर पनि नेपाली गीत–संगितप्रतिको मेरो मोह घटेको छैन्, झनझन बढीरहेको छ’, गायक भट्टराईले भने, ‘दर्शकको प्रतिक्रियालाई मध्यनजर गरेर अर्को एल्बमको तयारी गर्ने सोच बनाएको छुँ । ’भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ