arrow

मेरो दशैं - हरेक दशैंमा नयाँ लुगा किन्छु : प्रल्हाद कार्की

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
pralhad-karki-Kcc.jpeg
काठमाडौं। नेपाल दशैंमय भएको छ। शिक्षण संस्थाहरुमा त झन घटस्थापनादेखि नै विदा भइसकेको छ। दशैं बिदा भएपछि आफ्नो पुर्ख्यौली घरमा पुग्ने बिद्यार्थीहरुले नै गाउँघरमा पहिलो चरणको दशैं भित्र्याउँछन्। त्यसपछि शुरु हुन्छ गाउँघरमा दशैको रौनक । शहर बजारमा पनि पहिलो चरणको दशैं यिनै विद्यार्थीले ल्याउँछन्। घटस्थापनापछि दशैका लागि विद्यार्थीलाई छुट्टी दिएपनि कलेजको कामपछि दशैपनि यतै मनाउने सुरमा काठमाडौंमा रहेका कान्तिपुर सिटी कलेज पुतलीसडकका प्रवन्ध निर्देशक प्रल्हाद कार्कीसँग दशैंका बारेमा हामीले संक्षिप्त कुराकानी गरेका छौ। कार्कीले आफ्नो दशैको बारेमा हाम्राकुरा डटकमसँग यसरी कुरा साँटेः  
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः म कहिलै पनि दशैंको बेलामा नेपाल भन्दा बाहिर गएको पनि छैन र यो वर्ष पनि दशैं नेपालमा नै मनाउँछु । विदेशमा दशैं मनाउने रहर पनि छैन । उस्तै वाध्यता भएन भने म दशैंमा विदेश पनि जान्न ।  
 
प्रश्नः दशैंमा रमाइलोको लागि के गर्नुहुन्छ ?
जवाफः दशैमा उमेर अनुसार रमाइलो गरिदो रहेछ । पिङ खेल्ने, खानपिन, तास, चङगा उडाउने, घुमफिर लगायतका धेरै कुरा यो चाडमा हुन्छ । मैले पनि उमेर अनुसार रमाइलोको लागि विभिन्न माध्यम प्रयोग गरे । तासको कुरा गर्ने हो भने एक्कादेखि बादशाहको चिन्हसम्म राम्ररी चिन्दछु । तर मलाई खेल्न आउँदैन । जुटपत्ति खेल्न आउँछ । ‘२९’ भन्ने खेल पनि अलिअलि आउँछ । तर, मैले धेरै वर्ष भयो खेल्न नपाएको पनि । पिङ र चङ्गा चाहिँ सानोमा धेरै खेलिन्थ्यो तर अहिले भने खासै खेलिन्न । विर्सिसकेको छु । 
 
प्रश्नः दशैंमा मासु खानुहुन्छ कि खानुहुन्न ? खानुहुन्न भने के खाएर दशैं मनाउनुहुन्छ ? 
जवाफः मासुको त कुरा नै नगरौं । एक किसिमले मासु खानकै लागि त हो दशैं पनि । म दशैंमा खसीको बाहेक अरू मासु खान्न । 
 
प्रश्नः दशैको टीका लगाउँदा दक्षिणा लेनदेन कत्तिको हुन्छ ?   
जवाफः हाम्रो चलन अनुसार त टीकाटालो लगाउने सबैले सानोलाई पैसा दिने र ठूलोबाट पैसा लिने चलन हो । तर म भने आफू पैसा लिन्न । तर, आफू भन्दा सानालाई दिँदा त यसै पनि बढी खर्च हुने भइहाल्यो । तर, त्यसलाई घाटा भनेर सोच्ने गरिएको छैन । 
 
प्रश्नः दशैंमा नयाँ लुगा कत्तिको किन्नुहुन्छ
जवाफः एकजोर कपडा चाहिँ मैले हरेक दशैंमा किन्ने गरेको छु । यो वर्षको पनि दशैको लागि कपडा किनिसकेको छु । अरूबेलामा जे भएपनि दशैंमा टीका लगाउँदा चाँहि नयाँ कपडामा नै टीका लगाउनुपर्नै हाम्रो नियम रहेकोले हरेक वर्ष नयाँ कपडा किनिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ