arrow

संविधान संशोधन नै मुलुकको निकास– खड्का

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । नेपाली काग्रेसका नेता तथा पूर्वगृहमन्त्री पूर्ण बहादुर खड्काले यथाशक्य संविधान संशोधन गर्नु नै अहिलेको निकाश भएको वताएका छन् ।

पाँचथरको फिदिममा बुधबार पत्रकार सित कुराकानी गर्दे उनले संविधान संशोधन मार्फत मधेशवादी दलको माग पूरा हुने र माग पूरा भएसँगै भारतको नाकावन्दी समेत हट्ने दावी गरे । उनले मधेशवादी दल भारत गएर ठीक नगरेको वताउँदै मुलकको आन्तरिक समस्या देशमै हल गर्न सकिने उल्लेख गरे । 

काँग्रेस नेतृत्वकै सरकारले संविधान जारी गरेको र अव विकास निर्माणका कामहरुको नेतृत्व पनि अरु पार्टीले गर्न नसक्ने बताए । उनले दलहरु संविधान जारी भएपछि विभाजित भएको तर्फ संकेत गर्दै संविधानको कार्यान्वयन नभएसम्म दलहरुवीच एकता हुनु पर्नेमा जोड दिए ।

नेता खड्काले प्रदेशको सीमाङ्कन गर्दा सम्वन्धित प्रदेशका जनताको राय लिनु पर्ने र त्यसो नभए संघीय आयोग गठन गरेर आयोगले दिएका सुझाव अनुसार सीमाङकन गर्नु पर्ने बताए । उनले मधेशमा जारी आन्दोलन संविधान संशोधन गरे टुङ्गीने दावी गरे । एक फरक प्रसङ्गमा वोल्दै उनले कँग्रेसको १३ औँ महाधिवेशनले सनातनी विचारले प्रेरित नेतृत्व छनौट नगर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ