arrow

विश्वकप फुटबलमा ४८ टोली समावेश गराउन फिफा अध्यक्षको प्रस्ताव

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
FIFA-prisi-new.jpeg
एजेन्सी । विश्व फुटबलको सर्वोच्व निकाय फिफाका अध्यक्ष जीयानी इन्फान्टिनोले विश्वकप फुटबल फाइनलमा ४८ टोली सहभागिताको प्रस्ताव गरेका छन् । हाल विश्वकप फुटबल फाइनलमा ३२ टोलीको सहभागिता रहँदै आएको छ । 
 
४६ वर्षीय इन्फान्टिनोका अनुसार १६ टोली प्रारम्भिक नकआउट चरणबाट बारिने छन् भने बाँकी ३२ टोलीबीच हालकै संरचना अनुसार प्रतिस्पर्धा हुनेछ ।  
 
इन्फान्टिनोले यसबारे सम्भावित निर्णय काउन्सिलको छलफलपछि आगामी जनवरीमा आउने बताए । उनले भने, ‘उचित समाधानको लागि यो उपाय राम्रो हो । हामी यसबारे यो महिनामा छलफल गर्छौ र सबै कुराको २०१७ सम्ममा टुंगो लगाउछौं ।’ 
 
विश्वकप ठूलो इभेन्ट भएको बताउँदै इन्फान्टिनोले फिफाको उद्देश्य विश्वभरी फुटबल विकास गर्ने रहेको बताए ।



नयाँ