काठमाडौं । न्यूरोड टिम एनआरटी तीन वर्षपछि पुनः सहिद स्मारक ए डिभिजन लिगमा प्रवेश गरेको छ । त्यतिबेला क्लवको आर्थिक संकटका कारण ए डिभिजन नखेलेको एनआरटीले अहिले क्लव आर्थिक रुपमा बलियो भएको भन्दै बी डिभिजनबाट खेल्न थालेको थियो ।
पहिलो प्रयासमै ए डिभिजनमा पुगेको एनआरटीले लिगको अीन्तम खेलमा सातदोबाटो युथ क्लवलाई २–० ले पराजित ग¥यो ।
यो खेलमा हार बेहोरको भए एनआरटी बी डिभिजनमा रोकिँदा सातदोबाटो ए डिभिजनमा पुग्ने थियो । एनआरटीलाई जिताउन दुवै गोल विश्वजीत गुरुङले गरे ।
खेलको अन्त्यतिर भने पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा एनआरटी २–० को जितमै रोकियो ।
यता लिगको शीर्ष स्थानमा भने च्यासल युथ क्लव रह्यो । अन्तिम खेलमा बाँसबारी क्लवलाई ५–० को फराकिलो अन्तरले हराउँदै च्यासलले गोल अन्तरमा एनआरटीलाई पछाडि पार्दै उपाधि जितेको हो ।
एनआरटी र च्यासलको समान २८ अंक भए पनि एक गोलको अन्तरले च्यासलले उपाधि जितेको हो । यसअघि हेड टु हेडमा दुवै टिमले आपसमा गोलरहित बराबरी खेलेका थिए ।
च्यासललाई उपाधि दिलाउने क्रममा माधव भण्डारीले दुई तथा विनोद केसी, कप्तान रविन व्यन्जनकार र इन्द्रजङ्ग लिम्बुले एक एक गोल गरे ।
१४ टोलीले सहभागीता जनाएको लिगमा पुछारमा रहँदै महावी र सामाजिक युथ क्लव रेलिगेशनमा परेका छन् ।
च्यासल र एनआरटीले भने अर्को वर्ष हुने ए डिभिजनमा खेल्न पाउने छन् ।