arrow

काठमाडौं महानगरमा अव्यवस्थित तार व्यवस्थित गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
wire-of-kathmandu-fire.jpg
तस्बिर– काठमाडौं महानगरका प्रमुख वालेन्द्र साह (बालेन) को फेसबुक वालबाट ।

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार आजदेखि व्यवस्थित गरिँदैछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न शुरु गर्न भनेसँगै सोही अनुसार हुन लागेको हो । 

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट शुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 

जसअनुसार पहिलो दिन न्यूरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ