arrow

मेरो दशैं - दश हजार जति दक्षिणा पाइन्छ

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
ramanjha.jpeg
काठमाडौं। हरेक व्यक्तिका दशैंका अनुभव अलग अलग छन्। विभिन्न वर्ग र समुदायका मानिसले आआफ्नो ठाउँ अनुसार चलन अनुसार यो साँस्कृतिक पर्वलाई मनाउँदै आएका छन् । बैङकर तथा एनएमबी बैंकका मिडिया पब्लिक रिलेसन तथा ब्राण्डीङ अफिसर रमन झाले आफ्नो दशैको बारेमा हाम्राकुरा डटकमसँग यसरी कुरा साँटेका छन्। 
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः दशैं म नेपालमै मनाउने गरिएको छ । अहिलेसम्म विदेश गएको छैन । दशैं नेपालमा नै रमाईलो हुन्छ भन्ने मलाई लागेको छ । 
 
प्रश्नः दशैमा रमाइलोको लागि तास के गर्नुहुन्छ। धेरै तास खेल्ने गरेको सुनाउँछन। तपाइ के गर्नुहुन्छ ? 
जवाफः तास खेल्न त आउँछ । तर खासै तास खेल्न भनेर खेल्ने गरेको छैन । कहिलेकाँही कलब्रेक खेलिन्छ । 
 
प्रश्नः दशैंमा मासु कत्तिको खाइन्छ ?  
जवाफः दशैंमा चाहिँ म विशेषगरी खसीकै मासु खान्छु । अरू बेलामा जे–जे खाएपनि दशैं भनेको खसीकै लागि स्पेसल हो । 
 
प्रश्नः दशैमा दक्षिणा कति पाइन्छ ?  
जवाफः म घरको कान्छो परेँ । त्यसैले पनि टीकाटालोमा मलाई नै धेरै मान्छेले पैसा दिने गरेका छन् । यसरी समग्रमा कुरा गर्नै हो भने म फाईदामा नै हुने गरेको छु । पैसाकै कुरा गर्दा त मेरो १० हजार जति कमाई पो हुन्छ । 
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ ?
जवाफः दशैंमा सधैं भरी नयाँ लुगा किन्ने गरेको छु । यो वर्ष पनि एउटा सर्ट पाईन्ट किनिसकेको छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ