टोपबहादुरलाई भारतमा फरार रहेको निष्कर्ष निकालेको प्रहरीले किन मार्यो घरमा छापा ?
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
1.1k
Shares
काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझी बस्दै आएको ललितपुर सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको संयुक्त प्रहरी टोली मंगलबार दिउँसो छापा मारेको हो ।
नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएकोमा उनीमाथि पक्राउ पुर्जी जारी भएको छ । हाल उनी सम्पर्कविहीन छन् । उनी फरार भएका छन् ।
उनी फरार भएर भारत गएको निष्कर्ष प्रहरीले निकालेको छ । तर रायमाझी भारतमा रहेको भनेर निष्कर्ष निकालेपछि उनको घरमा छापा मार्नुलाई भने विभिन्न दृष्टकोणले सोच्न थालिएको छ ।