arrow

बालकृष्ण पक्राउपछि रविले धन्यवाद दिँदै भने- यो सिलसिला नरोकियोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धन्यवाद दिएका छन् । 

 बुधबार सामाजिक सञ्जालमा लामिछानेले नेपाल प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् । उनले यो सिलसिला नरोकियोस् समेत भनेका छन् । उनले लेखेका छन्,'  धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।'

१ घण्टाअघि उनले  भुटानी शरणार्थी प्रकरणमा सरकारको अनुसन्धान फितलो भएको टिप्पणी गरेका थिए । उनले अनुसन्धानको लहारेले ठूला नेता र तिनका सन्तानको जगजाहेर ताण्डवलाई छोड्यो भने आफ्नो दलले हेरेर मात्रै नबस्ने चेतावनी दिएका थिए ।

उनले लेखेका छन्,' शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहीन, नाम आएकाहरू माथिको अनुसन्धान फितलो!!! खबरदार,  अनुसन्धानको लहरोले ठुला नेता र तिनका  सन्तानको "जगजाहेर  ताण्डव"लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!'

प्रहरीले अनुसन्धानको लागि भन्दै पूर्व गृहमन्त्री खाँड र उनका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । खाँड गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेले खाँणको नाम लिएपछि उनी पक्राउ परेका हुन् ।

अहिले सम्म पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।  नेकपा एमालेका सचिव एवं टोपबहादुर रायमाझी भने फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ