arrow

जनसम्पर्क समिती जापान कान्तोले शुभकामना आदानप्रदान गर्ने

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
nejasa-kanto-japan-meeting.jpeg
टोकियो। नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रले लक्ष्मी पुजाको दिन नेपालीहरुको महान पर्वहरु बिजयादशमी, तिहार, छठपर्व, नेपालसंवतको अवसर पारि शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। बिपी कोईरालाले थालनी गरेको मेलमिलापको नीतिलाई जापानमा पनि निरन्तरता दिनको लागि कान्तो क्षेत्रले कार्यक्रम आयोजना गरेको हो। नेपाली काँग्रेसले हरेक बर्ष कोजाग्रत पुर्णीमाको अवसर पारी गर्ने चियापान समारोहलाई जनसम्पर्क समिती जापान कान्तो क्षेत्रले लक्ष्मी पुजाको दिन पारेर मनाउन लागेको हो। 
 
जनसम्पर्क समिती जापान कान्तो क्षेत्रले गर्ने चियापान कार्यक्रम मा एन आर एन जापान, प्रत्येक राजनितीक दलका प्रवासी संस्था, प्रत्येक सामाजीक संस्था, जापानमा रोजगार ब्यबसाय, अध्ययन र अन्य भिजामा रहने सबै नेपालीहरुलाई निमन्त्रणा गरिएको अध्यक्ष यदुराम सापकोटाले जानकारी दिए। 
 
नेपाली जनसम्पर्क समिती जापानको छैठौ अधिबेसनको क्रममा जनसम्पर्क समिती केन्द्र मा बिभिन्न कारणहरुबाट देखिएको बिबादलाई जतीसक्दो छिटो बार्ता छलफल र संवाद मार्फत अन्त्य गर्दै समितीको एकतालाई बलीयो बनाउन पनि कान्तो क्षेत्रीय कमिटीले संयुक्त आह्वान गर्दै जापान मा रहेका ९ वटा क्षेत्रीय कमिटी सबैले एउटै आवाज निकालेर केन्द्र मा देखीएको बिबाद अन्त्य गर्न दबाब दिन प्रत्येक क्षेत्रीय समिती समेतलाई आग्रह गर्ने निर्णय गरेको छ। प्रत्यक क्षेत्रीय कमिटीको आवाजलाई एउटै बनाउन कान्तो क्षेत्रीय कमिटीले समन्वय गर्न तिन सदस्यीय कमिटी बनाएको छ। कमिटीमा सभापती यदुराम सापकोटा, उपसभापति एकेन्द्र थापा र सचिव बिमानसिङ मोक्तान रहेका छन्। 
 
त्यस्तै समीतीले नेपाल फेस्टीबलमा जनसम्पर्क समिती जापान कान्तो क्षेत्रको तर्फबाट फेस्टीबल आयोजक समितीसँग स्वयमसेवकको भुमीकामा खटीने सबैमा धन्यबाद ब्यक्त गरेको छ। जापान मा रहेका हरेक राजनितीक र समाजीक संस्था हरुसँग समाजीक कार्यहरुमा हातेमालो गर्दै अगाडी बढाउने जनसम्पर्क समिती जापान लाई राजनितीक क्रियाकलाप मा मात्र हैन समितीलाई समाजीक क्रियाकलाप मा अगाडी बढाउन प्रयास गर्ने कार्यसमिती ले निर्णय गरेको छ। 
 
त्यस्तै कार्यसमितीको तर्फबाट पहल गरी नेपालबाट जापान आई बिभीन्न समस्यामा परेका ब्यक्ती हरुको सहयोगार्थ आर्थीक संकलन गर्दा सहयोग गर्ने सहयोगीहरुप्रती हार्दीक धन्यबाद ब्यक्त गरेको छ। समितीले बैतडी जिल्ला घर भई हाल जापान रहेका बिरामी खेमराज भट्ट लाई १५६१६६ यन,रामेछाप बाट जापान आएर मृत्यु भएका रमेश तामाङ को लागि ५१५०० यन त्यस्तै रोल्पा बाट जापान आएर मृत्यु भएका शिवराज रोका मगरको लागि ३१६५५ यन सहयोग संकलन गरी हस्तान्तरण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ