arrow

एनसेलले ल्यायो डे डेटा प्याक अफर

ईन्टरनेट अब १३ पैसा प्रति एमबि सम्ममा प्रयोग गर्न सकिने

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
Ncell_Main-Logo.jpg.jpeg
काठमाडौं। देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रति एमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन्।
 
यो योजना यही बुधबार (असोज १९, २०७३) बाट लागु हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबिको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा २००० एमबिको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । १०० एमबि दैनिक डे डेटा प्याक ग्राहकले रु २० मा खरिद गरी प्रति एमबि २० पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । साथै ५०० एमबि डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक रु ८० मा खरिद गर्न सक्छने र प्रति एमबि १६ पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । ग्राहकले २००० एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक रु २५० मा खरिद गर्न सक्छन् । अर्थात् यो डेटा प्याक अन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रति एमबिमा ईन्टरनेट चलाउन सक्छन्। यी डे डेटा प्याकका मुल्यहरु कर बाहेकका हुन्।
 
ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन्। साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने डे डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा १००डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन्।
 
यसरी ग्राहकले आफ्नो आवश्यकता अनुसार डे डेटा प्याकको छनौट गरी बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा अझ सुलभ दरमा ईन्टरनेट चलाउनका लागि यो अफरबाट फाईदा लिन सक्छन्। “चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याक अफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ।, ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन्। प्याकको समयावधि सकिए पछि हाल लाग्दै आएको कर बाहेक रु ३ प्रति एमबि शुल्क लागु हुनेछ।
 
यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ