arrow

तारा एयरद्वारा लुक्ला सफाई अभियान

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
tara-air-1.jpeg
काठमाडौं। सगरमाथा पोल्यूशन कन्ट्रोल कमिटी (एसपीसीसी)सँगको सहकार्यमा तारा एयरले सोमवारदेखि सगरमाथा क्षेत्रमा फोहर ब्यवस्थापना कार्यक्रम शुरु गरेको छ। तारा एयरले आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी (ब्यवसायिक सामाजिक उत्तरदायित्व) अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो।
 
एसपीसीसीले बार्षिकरुपमा करिव १२ टन फोहर संकलन गर्ने योजना बनाएको थियो। तर, हाल एसपीसीसीले सगरमाथा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अन्तर्गतका चौरिखर्क, नाम्चे र खुम्जुङ गरी तीन गाबिसबाट २ दशमलव ६ टन मात्र फोहर संकलन गर्न सफल भएको छ। यसरी संकलित फोहर एसपीसीसीले लुक्लामा सञ्चय गर्ने गरेको छ। तार एयरले एसपीसीसीसँग सहकार्य गर्दै लुक्लामा संकलित फोहर जम्मा गरी काठमाडौंमा ब्यवस्थापन गर्न निःशुल्क सहयोग उपलब्ध गराउने बताएको छ। कम्पनीका अनुसार यसका लागि उपयुक्त तरिकाले लुक्लाबाट काठमाडौं उडानको ब्यस्था मिलाइएको  छ। पर्यटनबाट यस क्षेत्रमा हुने नकारात्मक वातावरणिय असरलाई न्यूनिकरणमा तेवा पुर्‍याउने सोचका साथ तारा एयरले यस क्षेत्रबाट सम्भव भएसम्म फोहर हटाउने प्रयासको थालनी गरेको हो।
 
सन् २००८को बसन्तमा एसपीसीसी र स्थानिय वातावरण सम्बन्धित एनजीओ (गैह्र सरकारी संस्था), द हिमालयन क्लब ,लुक्लासँगको सहकार्यमा तारा एयरले करिव १७ टन बियरका खाली बोतल लुक्लाबाट काठमाडौंमा उतारेको थियो।
 
सन् १९९१देखि एभरेष्ट क्षेत्रको फोहर समस्याको सम्बोधन गरिरहेको एसपीसीसी फोहर ब्यवस्थापन समाधान तथा वकालतका लागि नमुनाका रुपमा स्थापित भइसकेको  छ। स्थानिय समूदायहरुको प्रत्यक्ष समन्वयमा यसले प्रमुख बासस्थान तथा ट्रेकिङ ट्रेल्समा रहेका फोहर ब्यवस्थापन गरिरहेको छ। हाल एसपीसीसी खुम्बी क्षेत्रलाई सफा राख्न दिगो फोहर ब्यवस्थापन योजना विकास गर्ने कार्यमा केन्द्रित रहेको छ। यो अभियानले पर्यटकका साथै स्थानियमा उच्च हिमालय क्षेत्रको पारिस्थितिक सन्तुलनको महत्वबारे जागरुकता ल्याइ यसको थप विकासमा उल्लेख्य तेवा पुर्‍याउने दुबै संस्थाले विश्वास लिएका छन्।
 
तार एयरले जुन २९मा एसपीसीसीसँग फोहर ब्यवस्थापनका लागि एमओयूमा हस्ताक्षर गरेको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ