भीमदत्तनगर । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले देशको खेलकुद जगतमा सुदूरपश्चिमको योगदान उच्च रहेको बताएका छन् ।
वुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले जुनसुकै विधामा भए पनि सुदूरपश्चिमको योगदान रहेको भन्दै उच्च प्रशंसा गरे ।
सुदूरपश्चिम खेलाडी उत्पादनको थलोको भएको बताउँदै मन्त्री श्रीपाइलीले यहाँको खेलकुदको विकास लागि आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
आफूले राष्ट्रलाई सुदूरले खेलकुदका लागि गरेको योगदानको उच्च मूल्याङ्कन गरेको बताउँदै उनले खेलकुदको विकासका लागि एकता आवश्यक रहेको धारणा राखे । खेल र खेलाडीको विकासका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा क्रिकेटरद्वय विनोद भण्डारी र ललित भण्डारीलाई मन्त्रीले दोसल्ला ओढार सम्मन समेत गरे । खेलकुद क्षेत्रको विकासका लागि कृष्णपुर नगर खेलकुद विकास समितिले मागसहितको ज्ञापनपत्र बुझाएको छ ।