arrow

मेरो दशैं - यसरी मनाउँछन् महानगरपालिकाका कर्मचारीहरुले दशैं

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
Metropolitan_Office-1_KTM.jpg.jpeg.jpeg
काठमाडौं। नेपालीहरुको महान चार्ड वडा दशैं नेपालीहरुले आआफ्नो किसिमले मनाउने गर्छन। ठाउँ र परिस्थिति अनुसार नेपालीहरुले आ आफ्नो हैसियत अनुसार दशैं मनाउने गरेका छन्। 
 
हाम्राकुरा डटकमको मेरो दशैं सेगमेन्टमा देशको एक मात्र काठमाडौं महानगरपालिकाका केही अधिकृतहरुले आफ्नो दशै यसरी साटेका छन्। महानगरपालिकाका महानगरपालिका राजश्व विभाग प्रमुख राज्यप्रकाश प्रधानाङ्ग, प्रवक्ता एवं प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र कार्की, राजश्व महाशाखा प्रमुख ध्रुब कुमार काफ्ले, सूचना अधिकारी महेश कुमार काफ्ले, ११ नं वडा प्रमुख सर्वज्ञराज पौडेल र महानगर प्रहरी लोक चुँडाललाई हामीले एउटै प्रश्न गरेका छौ। उनीहरुको जवाफ मेरो दशैं सेगमेन्टमाः 
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
 
राज्यप्रकाशः यो पटकको दशैं पनि मेरो चाहिँ काठमाडौंमा नै सवत्ने भयो । कहिलै काठमाडौ बाहिर जान पाईएन । 
 
ज्ञानेन्द्रः दशैं म यो वर्ष दशैं आफ्नै जन्म घरमा सिन्धुपाल्चोकमा मनाउँदैछु । मैले विदेशमा पनि धेरै वर्ष दशैं मनाएको छु । तर, एउटा कुरा के अनुभव भयो भने नेपालमा विदेशमा भन्दा कैयौं गुणा बढी रमाईलो हुने रहेछ । 
 
ध्रुबः दशैं त सधैंभरी नेपालमा नै बसेर मनाउने गरको छु । विदेश जाने गरेको छैन । वर्षमा एकपटक आउने दशैंपनि विदेशमा गएर समय बर्बाद् गर्न मन लाग्दैन। आफ्नै गृहजिल्ला उदयपुरमा गएर मनाउने गरेको छु । 
 
महेशः दशैं काठमाडौंमा नै मनाउने गरिएको छ । सबैजना यतै रहेका छौं । सबै यतै भएपछि किन नै जानुपर्‍यो गाउँतिर भन्ने कुरा हो । 
 
सर्वज्ञराजः दशैं यो वर्ष पनि काठमाडौंमा नै मनाउँदै छु । अघिल्लो वर्ष पनि काठमाडौंमा नै मनाएको हुँ । भूकम्पले घर भत्काएकोले यतै मनाउन थालेका हौं । तर रमाईलो चाहिँ गाउँमा नै हुन्छ ।
 
लोकः यो पटक विशेष कारणले काठमाडौंमा नै मनाउँदै छु । तर दशैं काठमाडौंमा भन्दा गाउँमा नै बढी रमाईलो हुन्छ भन्ने मेरो अनुभव छ ।
 
 
प्रश्नः रमाइलोको लागि दशैंमा के गर्नुहुन्छ ? 
 
राज्यप्रकाशः जुवातासको त कहिलै खेलेको पनि छैन । खेल्न आउँदा पनि आउँदैन । 
 
ज्ञानेन्द्रः तासको कुरा गर्दा त मलाई म्यारिजबाहेक अरु केही पनि खेःन आउँदैन । पिङ त सामान्इ रुपमा खेलिन्छ । तर चंगा उँडाउने काम चाहिँ अहिले खासै हुँदैन । 
 
ध्रुबः तास त खेलिन्छ कहिलेकाहीँ । दशैंमा घरमै बसेर खेलिन्छ । अरूलाई समस्यमा पारिँदैन । खेलको कुरा गर्दा त म्यारिज, कलब्रेक र फरास खेलिन्छ । जुटपत्ति पनि खेलिन्छ । 
 
महेशः तास खेल्न त आउँछ । तर, खासै खेलिँदैन । बच्चा भएको मान्छे कहाँ पाएर खेल्न पाउँनु । कलब्रेक बाहेक अरू त खेल्न पनि आउँदैन । चंगाको कुरा गर्दा उँडाउन त आउँछ । तर, आफूले उँडाउन थालेपछि बच्चाहरु पनि आउँछन् । अनि उनीहरूको सुरक्षालाई भन्दा आफ्नै धुनमा खेल्न थाल्ने भएकोले मैले सुरक्षा संवेदनशीलताको कारण चंगा उँडाउन छाडे ।
 
सर्वज्ञराजः दशैंमा पनि तास नखेलेर त कहिले खेल्ने त ? दशैंमा चाहिँ म्यारिज खेलिन्छ । चङ्गाको कुरा गर्दा बच्चाहरुलाई साथ दिन अलिअलि उँडाउने गरिएको छ । पिङ चाहिँ गाउँमा हुँदा टन्नै खेल्न्थ्यिो अहिले अलि कम भएको छ । 
 
लोकः आउन त कलब्रेक र म्यारिज खेल्न आउँछ । तर, आसै यस्तोमा इच्छा भने छैन । 
 
 
प्रश्नः दशैंमा मासु कत्तिको खानुहुन्छ ?  
 
राज्यप्रकाशः आफ्नो कल्चरले खान दिएको मासुहरु सबै खाने गरेको छु । कुखुरा बाहेक ठूलो खसी(राँगो), सानो खसी सबैको मासु खाईन्छ । 
 
ज्ञानेन्द्रः दशैंमा मासु खाईन्छ । पाएसम्म च्याङ्ग्राको मासु अलिक बढी खाईन्छ । तर, खसीको पनि मासु त खाईन्छ । दशैंमा विशेषगरी यही दुई किसिमको मासु खाईन्छ । 
 
ध्रुबः दशैंमा मासु खान्छु । हिन्दूधर्मालम्बीहरुले खान हुने सबैथोक खान्छु । 
 
महेशः दशैंमा विशेषगरी खसी र माछाको मासु खाईन्छ । 
 
सर्वज्ञराजः मासु एकदमै कम खाईन्छ । आफ्नो शरीरलाई असर नगर्ने गरी खाईन्छ । खाँदाखेरी मासु कुखुरा खसीको खाईन्छ । तर आफू बलि दिईँदै । 
 
लोकः थोर बहुत खाईन्छ । तर खसी र कुखुरा भन्दा बाहेक अरू खाईँदैन । 
 
 
प्रश्नः टीकाटालो गर्दा कस–कसलाई पैसा दिनुहुन्छ, को–को बाट पैसा लिनुहुन्छ ?  
 
राज्यप्रकाशः हाम्रो पैसा दिने चलन त भर्खर भर्खर मात्रै सुरु भएको हो । प्रक्रियाको कुरा गर्दा सानालाई पैसा दिने र ठूलाबाट पैसा लिने चलन छ । म त घाटामा नै हुन्छु ।
 
ज्ञानेन्द्रः टीकाटालोको कुरा गर्दा त म स्पष्ट घाटामा हुन्छु । आउनेभन्दा जाने ठाउँ बढी छ । 
 
ध्रुबः टीकाटालो गर्दा पूरा घाटामा गईन्छ । छोरीहरुलाई पैसा दिनुपर्‍यो । ससुराली पनि टाढा छ, त्यताबाट आउने पैसा त भाडामा नै जान्छ । घरमा दिनुपर्ने त पुरै घाटामा ।
 
महेशः टीकाटालो गर्दा त घाटा नै हुन्छ नि लिने भन्दा दिने ठाउँ बढी हुन्छ । घाटा यत्ति नै हुन्छ भन्नेक करा भने पत्तो छैन ।  
 
सर्वज्ञराजः टीकाटालोमा गएको पैसालाई नाफाघाटाको रूपमा खासै लिने गरेको छैन । तर, समग्रमा घाटा हुन्छ । 
 
लोकः हुनत मैले तिर्ने ठाउँ नै बढी छ । तर, मलाई त्यस्तो नाफाघाटाको कुरा गरेर आफ्नो संस्कृतिको बदनाम गराउने इच्छा छैन । 
 
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ कि किन्नुहुन्न ? किनिसक्नु भयो कि छैन ?
 
राज्यप्रकाशः दशैंमा परिवारका अन्य सदस्यलाई त कपडा किनिन्छ । तर आफूलाई भने दशैंको लागि भनेर नै किन्ने चलन छैन । 
 
ज्ञानेन्द्रः दशैंमा भनेर स्पेसल कपडा किनिन्छ हरेक वर्ष । दशैंमा चाहिँ अरु समय जति किनेपनि एकएक जोर कपडा परिवारका सबै सदस्यलाई किनिन्छ ।
 
ध्रुबः दशैंमा नयाँ लुगा किन्ने भन्नेकुरा हुँदैन । चाहिएदेखि नयाँ लुगा किनिन्छ । दशैंमा भनेर बच्चाहरुलाई मात्रै हो । तर, आफूलाई खासै कपडा किन्ने गरेको छैन । 
 
महेशः कहिलै पनि मैले दशैंको लागि भनेर स्पेसल कपडा किन्ने काम गरिन । यो वर्ष पनि स्पेसल केही छैन । 
 
सर्वज्ञराजः दशैंमा नयाँ लुगा किन्ने चलन छैन । आफूलाई चाहियो भने किनिन्छ नत्र यस्तै हो ।
 
लोकः दशैंको लागि भनेर स्पेसल कपडा किन्ने चलन छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ