arrow

सहकारीले उत्पादन गर्‍यो स्याउको जाम

logo
प्रेम रौले,
प्रकाशित २०७३ असोज १९ बुधबार
applejaam.jpeg
बाजुरा । क्याल्सीयमयुक्त स्याउको जाम बाजुरा मै उत्पादन गरिएको छ । स्याउको दाना प्रसोधन गरेर जसुदा बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै पहिलो पटक  जाम उत्पादन गरेको संस्थाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । परिक्षण स्वरुप कोल्टीमा उत्पादन गरिएको जाम वुधबार मार्तडीमा प्रर्दशन गरिएको छ ।
 
स्याउको जाम मानव स्वास्थ्यका लागि अति उपयुक्त रहेको स्वास्थ्यकर्मीको भनाई छ । विशुद्ध स्याउबाट उत्पादन हुने भएकोले शारिरिक विकास नभएका तथा हाडजोर्नीको समस्या भएका विरामीका लागि बढी उपयुक्त हुने बताइएको छ ।
 
 क्याल्सीयमको मात्रा बढि हुनाले कुपोषणको समस्या भएका बालबालिका, कमजोर स्वास्थ्य भएका व्यक्तिहरुलाई खुवाउन राम्रो हुने बताइएको छ । स्थानीय श्रोतको उपयोग हुनका साथै पहिचान समेत हुने भएकोले २ लाख बढीको लागतमा मेसिन सहितको भौतिक व्यवस्थापन गरेर प्रशोधन थालिएको हो । सुरुमा स्याउको विक्रा र वियाँफाल्ने त्यसपछि मेसिनमा मसिनो हुने गरी पिस्ने अनि विभिन्न रसायन हालेर लेदो बनाउने र पलाष्टिकको डिब्बामा प्याकगर्ने गरिएको अध्यक्ष रोकायाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ