arrow

उपाधि नजिक पुगेको म्यानसिटीको एभर्टनमाथि सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
mancity-win.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ । अबको खेल जित्दा म्यानसिटीले दुई खेलअघि नै उपाधि पक्का गर्नेछ । शनिबार राति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै म्यानसिटीले उपाधिको सम्भावना बढाएको हो । 

म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो । पहिलो हाफको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १– को अग्रता दिलाएको केही बेरमा अर्थात ३९ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भए । 

यसैगरी दोस्रो हाफको ५१ औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० को जितको स्थितिमा ल्याइ दिए । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेनन, अन्ततः म्यानचेस्टर ३–० को अग्रतासहित उपाधि होडतर्फ थप अग्रसर हुन पुग्यो । 

शनिबारका अन्य खेलको नतिजा–
शनिबार रातिको खेलमा ब्रेन्टफोर्डले वेष्टह्याम युनाइटेडलाई २–० ले तथा ब्राइटन एन्ड हव आल्बियनले आर्सनललाई ३–० ले हरायो । 

यो हारले भने आर्सनलको उपाधि होड झन् कमजोर भएको छ । 

अंक तालिका 
म्यानसिटी ३५ खेलबाट ८५ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको आर्सनलको ३६ खेलबाट ८१ अंक रहेको छ । 

तेस्रो न्यूकासल युनाइटेडको ६६, चौथो म्यानचेस्टर युनाइटेडको ६६ ताथ पाँचौं लिभिरपुलको ६२ अंक छ । 

पुछारको साउथ ह्याम्पटन रेलिगेशनमा परिसकेको छ । लेस्टर सिटी र लिड्स युनाइटेड रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ