arrow

अष्ट्रेलिया बिरुद्ध दक्षिण अफ्रिकाको शानदार जितसँगै श्रृखंला कब्जा

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
SA_AUS_Miller.jpeg
काठमाडौ। अष्ट्रेलिया बिरुद्धको एकदिवशीय श्रृंखला दक्षिण अफ्रिकाले हात पारेको छ। पाँच खेलको श्रृखंलाको तेस्रो खेलमा ४ विकेटले बिजय हुँदै अफ्रिकाले श्रृखंलामा ३-०को बढत लिएको छ। 
 
तेस्रो खेलमा ३७२ रनको बिजय लक्ष्य पच्छ्याएको अफ्रिकाले डेविड मिलरको ७९ बलमा ६ छक्का र १० चौकाको मदतले बनाएको ११८* रन बनाएका थिए। प्रारम्भिक ब्याट्सम्यान डे'ककले ७० रनको योगदान दिएका थिए। 
 
खेलको ३७.४ ओभरमा २६५ रन बानउँदा छैठौं विकेट गुमाएको अफ्रिकाकालागि जीत टाढा देखिन थालेको थियो तर डेविड मिलर र एण्डिल फेलुकवायोको १०७ रनको साझेदारीले अफ्रिकालाई बिजय गराएको थियो। एण्डिलले ३९ बलमा ४२ रन बनाएका थिए। 
 
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विेकटको नोक्सानीमा ३७१ रन बनाएको थियो। उक्त रन बनाउने क्रममा डेविड वार्नरले ११७ तथा स्टिव स्मिथले १०८ रनको योगदान दिएका थिए। 
 
अफ्रिकाकालागि ईमरान ताहिर सबै भन्दा किफायती बलर सावित भएका थिए। उनले १० ओभरमा ५४ रन खर्चिंदै २ विकेट लिएका थिए भने डेल स्टेनले १० ओभरमा ९६ रन खर्चेर २ विकेट हात पारेका थिए। 
 
खेलका प्लेयर अफ द म्याच डेविड मिलर घोषित भएका थिए। 



नयाँ