arrow

वैंकमा नयाँ नोट साट्नेहरुको भीड, प्रयाप्त रुपमा नपाएको गुनासो

logo
राजन परियार,
प्रकाशित २०७३ असोज २० बिहिबार
paisha.jpeg
सिन्धुली । नेपाल राष्ट्र बैंकले शुक्रबारसम्म नयाँ नोट बाड्ने भनेपनि सिन्धुलीका सर्वसाधरणहरुले भने प्रयाप्त रुपमा खुद्रा नया नोट नपाएको गुनासो गरेका छन् । नेपाल राष्ट बैंकले दसैँका लागि नयाँ नोट प्रयाप्त पठाएको भने पनि जिल्लाका सर्बसाधारणहरुले भने प्रयाप्त रुपमा खुद्रा नयाँ नोट पाएका छैनन् ।
 
राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट वितरण गरिसकेको भएपनि सरकारी स्वामित्वमा रहेको राष्टिय बाणिज्य बैक देखि विकाससिय बैंकबाट समेत प्रयाप्त रुपमा खुद्रा नोट नपाएको सर्वसाधरणहरुको भनाई छ ।
 
राष्ट्र बैकले उपत्यका बाहिरका आफ्ना पाँचवटा क्षेत्रीय कार्यालय मार्फत पनि सर्वसाधारणलाई प्रत्यक्ष रुपमा नयाँ नोट वितरण गरिरहेको बताएपनि विशेष गरी दशैंमा बढि आवश्यकता भएकाले यसको माग वढेको हो । उनीहरुका अनुसार बैंकले सयका नोट मात्र बढी उपलब्ध गराएको छ ।
 
यता बैंकले भने सेवाग्राहीको एकैचोटि चाप बढेपछि भीड व्यवस्थापन गर्नेक्रममा खुद्रा रकम वितरणमा केही समस्या आएको बताएका छन् । नयाँ नोट साट्न राष्ट्र बैंक लगायत अन्य बैंकहरुमा सर्वसाधारणहरुको बिहानै देखि लाइन लागेको छ । 
 
गत आइतवार देखि  सर्वसाधारणलाई नयाँ नोट बाँड्न थालेको बैंकले शुक्रबारसम्म मात्र वितरण गर्ने जनाएको छ । यसैबीच बैंकले सर्वसाधारणलाई दसैँमा टीका लगाएपछि अबिर सहितको रातो हातले पैसाको प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह समेत गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ